यसरकारण लगानीकर्ताहरुले धमाधम फिल्मबाट हात झिकेपछि धमला दम्पत्ति को रुवाबासी

  • ख-
  • ख+

काठमाण्डौं, १७ कार्तिक: पत्रकार ऋिषी धमला पत्नि एलिजा गौतमले बनाउने भनिएको फिल्म अन्योलमा परेको छ। अनुबन्धित बनेका लगानीकर्ताले नै हात झिकिदिएपछि धमला दम्पत्ती तनावमा परेको हो ।

एक करोड लागतमा निर्माण हुने भनिएको उक्त चलचित्रका लागि लगानी गर्ने मान्छे फेला नपरेर रुवाबासी छ । बरु चलचित्रमा लगानी गर्छु भनेर आएका लगानीकर्ता समेत धमला पत्निका कारण हात धोएर पाखा लागेका छन् । यस मध्येका हुन दिपक घिमिरे । चलचित्र निर्माणको घोषणा गरेको हप्तादिन बित्न नपाउदै मोडेल दिपक घिमिरेले हात धोएर पाखा लागेका हुन् । उनीमात्र होइन कयौं लगानीकर्ताले हात झिकेपछि लगानीकर्ता नपाएर धमला दम्पती तनाव मा छ ।
धमला पत्नि नै मुख्य हिरोइन बन्ने भएपछि लगानीकर्ताले हातझिक्ने निर्णय गरेको हो । उक्त चलचित्रमा न निर्देशक नै छन् नत उनले लगानीकर्ता नै भेटेका छन् । एलिजा गौतम, सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगाएतको अभिनय रहने भनिएको चलचित्र बन्ने वा नबन्नेमै सोही चलचित्रका लागि छनोट भएका कलाकारहरुले आशंका व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी