विश्वकै शक्तिशाली महिलाको सूचीमा नायिका प्रियकां चोपडा, अटाइनन दीपिका

  • ख-
  • ख+

एजेन्सी -बलिउड हुँदै हलिउड हानिएकी नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा पर्न सफल भएकी छन् ।हालै फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा
प्रियंका ९७ औं स्थानमा परे पनि मनोरञ्जन र मिडियाको शक्तिशालीको सूचीमा उनी १५ औं स्थानमा परेकी छन् ।

क्वान्टिको’को तेस्रो सिजनको सुटिङमा व्यस्त रहेकी उनी दुई हलिउड फिल्म ‘अ किड लाइक जेक’ र ‘इजन्ट इट रोमान्टिक’मा पनि देखिँदैछिन्।प्रियंका यो सुचिमा अटाउन सफल बलिउडकै पहिलो महिला हुन् ।फोब्र्सको शक्तिशाली महिलाको सूचीमा नम्बर एकमा जर्मन चान्सलर एञ्जेला मार्केल छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी