दीपासँग प्रियंकाले पुरा गरेको एउटा सपना

  • ख-
  • ख+

नायिका प्रियंका कार्कीले दीपाश्री निरौलाको निर्देशनमा २ वटा चलचित्रमा काम गरिन् । यो चलचित्रमा दीपासँग पर्दा शेयर गर्ने उनको चाहना भने पुरा हुन सकेन ।
कारण, चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा २’मा दीपाश्री निर्देशक थिइन् भने प्रियंका नायिका ।

तर, अब एक चलचित्रले भने प्रियंकाको एउटा सपना साकार पारिदिएको छ । छायांकन भैरहेको चलचित्र ‘सत्रु गते’मा दीपा र पि्रयंका दुबै कलाकारको रुपमा देखिदैछन् ।

चलचित्र ‘वडा नम्बर ६, छक्का पन्जा र छक्का पन्जा २’को पर्दामा दीपा पनि देखिएकी थिइन् । तर, प्रियंका र उनी एउटै फ्रेममा देखिएनन् । तर, प्रियंकाले आफूलाई दीपासँग सधै नै पर्दा शेयर गर्न मन लागेको बताएकी छिन् । आफ्नो यो सपना चलचित्र ‘सत्रु गते’बाट पुरा भएको भन्दै अत्यन्तै खुशी भएको प्रियंकाको भनाई छ ।

चैत्र ९ गतेबाट रिलिज हुने चलचित्रमा पहिलो पटक प्रियंका र दीपाले पर्दा शेयर गरेका छन् । यसले, दुबैका फ्यानलाई कोतुहल बनाउने पक्का छ । प्रदिप भट्टराई निर्देशित चलचित्रको हाल धमाधम विरगञ्जमा छायांकन भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी