पल र आँचलको ‘चिटिक्क’

  • ख-
  • ख+

नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय  रुचाईएक ‘रिल कपल’ हो । उनिहरुले सँगै केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेका छन् । हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो सार्वजनिक गरिएको छ ।

सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ । एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ । नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन् ।

मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन् । माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो । गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी