बागी फिर्ता नभए कारबाही गर्ने एमालेको चेतावनी

  • ख-
  • ख+

कार्तिक १८, २०७४-एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएका पार्टी सदस्यहरुलाई फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

अनुशासन आयोगका अमृतकुमार बोहराले बक्तव्य जारी गर्दै पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ,’ बक्तव्यमा भनिएको छ, ‘अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउादछौं ।’

==============================

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी