नाइजेरिया, मङ्सिर ४ गते । नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षालगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतबद्धता गर्दै बलियो रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएका छन् ।

नाइजेरियाको राजधानी अबुजामा भएको भेटवार्तामा नाइजेरियाका राष्ट्रपति बोला टिनुबु र पश्चिम अफ्रिकी देशको दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादविरुद्धको लडाइँ, सामुद्रिक सुरक्षा र गुप्तचर आदानप्रदानमा कडा सहकार्य गर्ने सहमति गर्नुभएको छ ।

गिनीको खाडी र हिन्द महासागरमा बढ्दो खतराको साथ, दुई नेताहरूले समुन्द्री व्यापार मार्गहरूको सुरक्षा र समुद्री डकैतीसँग लड्न कार्यहरू समन्वय गर्न उहाँहरु सहमत हुनुभएको हो ।

यसैगरी, नियमित नौसैनिक अभ्यासहरू र गिनीको खाडीमा संयुक्त पाइरेसी विरोधी कार्यहरू जारी राख्ने प्रतिबद्धता उहाँहरुबिच भएको छ । भारतीय प्रधानमन्त्री मोदीले नाइजेरियाको रक्षा आधुनिकीकरणको प्रयासलाई समर्थन गर्न भारतको तत्परता दोहोर्‍याउनुभयो । उहाँको नाइजेरिया भ्रमण १७ वर्षमा भारतीय नेताको पहिलो भ्रमण हो ।