ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ५ मा मतगणना जारी छ ।
त्यहाँ सुरुवाती अग्रता एमालेले लिएको छ । एमालेका उम्मेदवार गंगा तामाङले १०७ मतका साथ अग्रता लिएका छन् ।
दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहाल छन् । उनले ४६ मत पाएका छन् ।
यस्तै तेस्रो स्थानमा रास्वपाका विष्णु पोखरेल छन् । उनले ३७ मत पाएका छन् भने माओवादी केन्द्रका मानबहादुर सुनुवार ७ मतका चौथो स्थानमा छन् ।