काठमाडौँ, २५ पुष । सहकारी प्रकरणमा मुद्दा झेलिरहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गर्नु भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छ? भनेर सोध्नु भएको थियो । त्यसपछि रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गर्नु भएको हो ।

इजलासमा सहभागी एक अधिवक्ताले सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उहाँले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गर्नु भएको बताउनु भयो ।

ुउहाँले थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ, म हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका विषयमा गरेका रिपोर्टसहित प्रस्तुत हुनेछु भनेर भन्नुभयोु, ती वकिलले भन्नु भयो । उक्त मुद्दामा बहस सकिएकाले थुनछेक आदेश आउनसक्ने बताइएको छ।