लायन्स क्लब वेगनास तालनगरीद्धारा खाद्यान्य सामाग्री वितरण

  • ख-
  • ख+

लेखनाथ, असोज १२ ।
स्थापना काल देखि नै विभिन्न सामाजिक कार्य तथा मानविय सेवा गर्दै आएको लायन्स क्लब अफ वेगनास तालनगरीले खाद्यान्य सामग्री वितरण गरेको छ । पोखरा ३१ किमवेशीमा रहेको शिव गोरक्षनाथ पिठ सिद्धाश्रममा दैनिक उपभोग्य खाद्यान्य सामग्री एक कार्यक्रमका विच वितरण गरिएको हो ।

क्लबका अध्यक्ष सागर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक एड्भाइजर लायन शैलेन्द्र मोहन भट्टराइले क्लबले स्थानिय तहमा सामाजिक कार्य गर्दै आफ्नो नियमति कार्यक्रम गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै क्लबका नियमति कार्यहरु गर्न सफलताको शुभकामना व्यक्त गरे । विशेष अतिथि रिजन चियर पर्सन लायन माधव पौडेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्सको मान्यतालाइ लायन्स क्बल अफ वेगनास तालनगरीले उदाहरणीय काम गरेकोमा शुभकामना व्यक्त गरे ।

शिव गोरक्ष पिठ सिद्धाश्रमका संरक्षक, महासचिव , कोषाध्यक्ष एव्म सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा जोन चियर पर्सन ऋषिराम रानाभाट, सिद्धाश्रमका अध्यक्ष खेमनाथ भट्टराइ, क्लबका निवर्तमान अध्यक्ष रामचन्द्र रानाभाटे लगाएतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक लायन केशव राज तिवारीले स्वागत र धन्यवाद ज्ञापन द्धितिय उपाध्यक्ष लायन शक्ति श्री तिवारीले गरेकी थिइन भने कार्यक्रमको सन्चालन क्लबका सचिव विदुर त्रिपाठीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्