पूर्वआयुक्त पाठकलाई कारबाही गर्न अख्तियारमा छलफल, ११ वर्षसम्म कैद हुन सक्ने

  • ख-
  • ख+

फागुन ६, काठमाडौं ।

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई मुद्दा लगाउनेबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छलफल भएको छ । घुस प्रकरणमा मुछिएपछि उनले शुक्रबार राजीनामा दिएका थिए । उनले घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार अनौपचारिक छलफल भएको एक अधिकारीले जानकारी दिए ।

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भिडियो केहीदिनअघि सार्वजनिक भएको थियो । उनीविरुद्ध मुद्दा दायर भएमा ११ वर्ष कैद र ७८ लाख बराबरको सम्पत्तिसमेत जफत हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्