गाउँले मिडिया सम्वाददाता
लेखनाथ, २२ जेठ ।
पोखरा महानगरपालिका वडा नं.३१ वडा कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका लागि योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१ श्रावण देखि २०८२ बैशाख सम्म विभिन्न शीर्षकमा जम्मा भएको राजश्व संकलन ९८ लाख ९७ हजार १ सय ६७ जम्मा भएको सचिव राजेन्द्र सुवेदीले जानकारी दिनु भयो । यसै गरी वडाबाट सम्पादन भएका कार्यहरुको बारेमा जानकारी दिंदै सचिव सुवेदीले टोल विकास समिति मार्फत कृषकहरुलाई लहरे बिउ वितरण गरिएको , वडा भित्र हल गोरु पाल्ने कृषकलाई कृषि कार्यमा प्रोत्साहन गराउने उद्धेश्यले १० हजारका दरले ३७ जना कृषकलाई नगद अनुदान प्रदान गरिएको , स्वास्थ्य चौकीलाई ल्यापटप तथा फिज खरिद गरिनुका साथै स्वास्थ्य स्वयम्सेवीकलाई अध्ययन अवलोकन भ्रमण गराइएको बताउनु भयो ।
यसै गरी युवाहरुलाई खेलकुदको क्षेत्रमा जागरुक बनाई विकास निर्माण कार्यमा सरिक गराउने उद्धेश्यले वडाका ३ वटा क्लबहरुमार्फत अध्यक्ष कप खेलकुद सम्पन्न भएको सचिव सुवेदीले बताउनु भयो । यसै गरी गरीब तथा विपन्न छात्र÷छात्रालाई आर्थिक तथा स्टेसनरी सहयोग गरिएको , सुत्केरी महिलाई पौष्टिक आहार वितरण गरिएको बेगनसाताल डुङ्गा व्यवसायी समितिलाई ल्यापटप एवम फोटोकपी मेशीन खरिद गरी वितरण गरिएको , वाढीमा विपतमा परेकालाई त्रिपाल वितरण गरी सहयोग गरिएको लागयतका कार्यहरुको बारेमा सचिव सुवेदीले उक्त कार्यक्रममा जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा १ सय ११ योजना मध्ये ३५ वटा योजना सम्पन्न भएको , केही योजनाहरु आर्थिक वर्षको अन्तसम्ममा सम्पन्न हुने तयारीमा रहेको वडा सचिव सुवेदीले जानकारी दिनु भयो ।
वडा अध्यक्ष ढकनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य देवेन्द्र राज अधिकारीले स्वागत गर्दै विगतमा अपुरा रहेका कार्यलाई यो वर्ष पूरा गर्ने उद्धेश्य रहेको जानकारी दिनु भयो । राजश्वका कारण वडामा बजेट विनियोजन कम भएको जानकारी दिंदै सदस्य अधिकारीले आगामी आर्थिक वर्षमा योजना तर्जुका लागि सल्लाह सुझाव दिन उपस्थित सबैमा आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस ३१ इकाई सभापति भानुभक्त पौडेलले सार्वजनीक सुनुवाई कार्यक्रममा वडावासीलाई सूचना गरी व्यवस्थित तरिकाले गर्नुपर्ने सुझाव राख्नु भयो । बेगनासतालमा रहेको माछा संकलन केन्द्रलाई अन्य स्थानमा स्थानन्त्रण गरी व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । नेकपा एमाले वडा कमिटिका अध्यक्ष पुरुषोत्तम अधिकारीले प्राविधिक सहितको उपस्थितिमा वजेट विनियोजन गर्नुपर्ने बताउँदै पर्यटन क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । यसै गरी नेकपा माओवादी केन्द्रका मदनबाबु कोइुरालाले बाँदर नियन्त्रणका लागि विशेष पहल गर्नुपर्ने बताउँदै हरेक वर्ष कम्तिमा एउटा गौरबका योजना सम्पन्न गर्न सके पाँच वर्षमा पाँच वटा योजना सम्पन्न हुने बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सविता कोइरालाले बजेट विनियोजन गर्दा क्षेत्रलाई ध्यान दिएर गर्नुपर्ने बताउँदै कमीकम्जोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताउनु भयो । यसै गरी राप्रपाका आशिष अधिकारीले नयाँ योजनालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । संघिय समाजवादीका मधुकर न्यौपानेले भूमि आयोगका कुरालाई अगाडि बढाउनुपर्ने बताउँदै तालको मापदण्डलाई कडाइ गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा डा. इन्द्र प्रसाद तिवारीले टोल विकास महत्वपूर्ण अंगको रुपमा रहेकाले टोल विकास मार्फत छलफल गरेर योजना तर्जुम ागर्नुपर्ने बताउनु भयो । वडाले क्यालेण्डर बनाएर प्राथमिकताको आधारमा जनताले प्रत्यक्ष रुपमा अनुभुति गर्ने क्षेत्रमा बजेट विनियोजन गरी महानगरवासी भएको अनुभुति गराउनु पर्ने धारणा राख्नु भयो । यसै गरी कृष्ण तिमिल्सेनाले कार्यक्रम संघिय सरकारको बजेट अगावै गर्दा राम्रो हुने सल्लाह दिंदै आगामी दिनमा सामाजिक संघ संस्था सबैलाई समेटेर तयारीका साथ कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयो ।
यसै गरी पत्रकार परशुराम शर्माले जनताको चाहना र भावना अनुसार स्वास्थ्य, शिक्षा, सडक, कृषि र पर्यटनमा प्राथमिताको आधारमा योजना तर्जुमा गर्न सुझाव राख्नु भयो । केशवराज तिवारीले वडाबाट भएका कार्यको विवरण विस्तृत रुपमा आउनुपर्ने बताउँदै बाँकी योजना सम्पन्न हुन नसक्नाको कारणको बारेमा स्पष्ट पार्न आग्रह गर्दै विगतमा जस्तै अवको आर्थिक वर्षमा कनिकार छरे जस्तो बजेट विनियोजन नगर्न सुझाव दिनु भयो । वडा र महानगरको समन्वयको कारण बजेट कम विनीयोजन भएको हो कि , जति हुने पर्ने विकास हुन नसकेको हो कि भन्ने कुराको जिज्ञासा राख्नु भयो । यसै गरी शान्ति खनालले वडा नं.३१ पर्यटको हिसाले प्रचर सम्भावना भएको वडा भएको बताउँदै कृषि र पर्यटनको क्षेत्रलाई प्राथमिकता दिंदै बेगनासतालमा पार्क निर्माण गरिनु पर्ने र बेगनसाताल डयामसाइड तलको भाग पर्नुपर्नेमा जोड दिनु भयो । कृषि उत्पादनलाई बजारिकरणमा ध्यान दिन पनि वडा कार्यालयलाई आग्रह गर्नु भयो ।
यसै गरी पुर्णखर पाण्डेले कार्यक्रममा कर्मचारी र प्राविधिकको पनि उपस्थित हुनुपर्ने बताउनु भयो । शरदराज सुवेदीेले देउराली देखि बेगनासताल सम्म निर्माण हुँदै गरेको बाटोमा नालीको व्यवस्था हुनुपर्ने बताउँदै सम्पन्न हुँदै गरेका योजनाको सुपरभिजन हुनुपर्नेमा जोड दिनु भयो । यसै गरी राममणि अधिकारीेले टोल विकास समितिलाई सक्रिय बनाउनुपर्ने सुझाव राख्दै योजनाका बारेमा सल्लाह सुझाव माग गर्दा उपयुक्त हुने सुझाव राख्दै योजना छनौट समिति बनाएर काम गर्दा सहज हुने बताउनु भयो । बेगनासतालमा सिमाङ्ककन गर्नुपर्ने बताउँदै बेगनासतालको बाँध देखि विभिन्न क्षेत्रमा सडक बत्तीको मर्मत गर्नुपर्नेमा जोड दिनु भयो । होटल तथा रेष्टुरेण्ट एसोसियसनका अध्यक्ष विरभद्र कंडेलले बेगनासताल सहित समग्र लेखनाथको मार्ग चित्र देखिने गरी होडिङ बोर्ड राख्न सुझाव राख्दै बेगनासतालमा भएका प्राकृतिक सम्पदाको संरक्षण गरी सौन्दर्यकरण गर्नुपर्ने बताउनु भयो । जनप्रतिनिधि र ठेकेदार बिच समन्वय हुन जरुरी रहेको बताउँदै कंडेलले बेगनासताललाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । यसै गरी बिन्दु परियारले भेदभाव नगरी पिछडिएका र लोपोन्मोख जातजातिलाई पनि ध्यानमा राखेर बजेट विनियोजन गर्न सुझाव राख्नु भयो ।
राजेन्द्र जलारीले बेगनासतालको सरफाइमा ध्यान दिन आग्रह गर्दै तालको जलकुम्भि हटाउनको लागि वडाको ध्यानकर्षण गराउदै तालमा भएका माछाको भराको संरक्षणमा जोड दिनु भयो । गोकर्ण तिवारीले थोरै स्थानमा भए पनि जनताले अनुभुति गर्ने गरी समानुपातिक रुपमा बजेट विनियोजन गर्न सुझाव राख्नु भयो ।
यसै गरी पूर्व जनप्रतिनिधि दिननाथ ढकालले एक्ले हिंडेर कोही पनि गन्तव्यमा नपुग्ने बताउँदै सबै राजनितिक दल, संघ संस्था लगायत सबैको समन्वय हुन जरुरी रहेको बताउनु भयो । यस वडाभित्र रहेका प्राकृतिक सम्पदाको संरक्षण गर्दै यस क्षेत्रमा पर्यटनको विकास गर्नुपर्नेमा जोड दिंदै वडाबाट सेवा प्रवाहमा कर्मचारी जवाफदेयीता हुनुपर्ने बताउँदै सेवा प्रवाहमा कर्मचारी गम्भिर हुनुपर्नेमा जोड दिनु भयो । राजनितिक दलहरुको सक्रियता शुन्य जस्तै भएको बताउँदै राजनितिक दलका प्रतिनिधिहरुको सक्रियता हुन जरुरी रहेको बताउनु भयो ।
कृष्ण प्रसाद ढुङ्गानाले जनताले अनुभुति हुने गरी वजेट विनियोजन गर्नुपर्ने धारणा राख्दै बेगनासताल जलेश्वर मन्दिरका लागि वजेट विनियोजन गर्न आग्रह गर्नु भयो । गंगाराम सुवेदीले बाढी पहिरो र डुवान हुने क्षेत्रमा विशेष महत्व दिनुपर्ने बताउनु भयो ।
अम्मरसिद्ध नमूना मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइरालाले चालु आर्थिक वर्षमा सम्झौता नभएका योजना फ्रिज हुने अवस्था आएको बताउँदै यस्ता स्थानमा बजेट विनियोजन हनु नहुने बताउनु भयो । वडामा कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई बजारिकरण गर्न सहज बनाउनको लागि कृषि उपज केन्द्र निर्माण गर्नुपर्ने बताउँदै बेगनासताल बसपार्क निर्माणमा ध्यानदिनु पर्ने बताउनु भयो । गणेश पाण्डेले नयाँ गौरबका योजना नभएको बताउँदै वडामा गौरबका योजना ल्याउनुपर्ने बताउनु भयो । सन्तोष गुरुङले पचभैयाको डाँडामा एम्बुलेन्स जान सक्ने गरी बाटो निर्माण गर्नुपर्नेमा जोड दिंदै कार्यक्रममा सरोकारवालाबाट आएका सल्लाह सुझाव अनुसार नै बजेट विनियोजन गर्न आग्रह गर्नु भयो ।
दामोदर पाण्डेले सबै जनतालाई समेटेर कार्यक्रम गर्नुपर्ने बताउनु भयो । विज्ञको समूह बनाएर बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । भरतराज ढकालले पर्यटन र कृषिमा विशेष ध्यान दिनुपर्ने बताउँदै संघिय सरकार र प्रदेश सरकारबाट पनि योजना ल्याउनु पर्ने बताउनु भयो ।
सुझाव संकलन कार्यक्रममा वडा अध्यक्ष ढकनाथ कंडेलले वक्ताहरुले दिनु भएको सल्लाह र सुझावका आधारमा बजेट विनियोजन गर्ने बताउँदै अति आवश्यक बाहेक ५ लाख भन्दा माथिका योजना तर्जुमा गर्ने बताउनु भयो । आगामी दिनमा विकास निर्माण कार्यमा सबैको सयहोगको अपेषा अपेक्षा गर्नु भयो ।