रत्न शोभामा सामुदायिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

 

माझठाना, १० बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना रैकरमा रहेको रत्न शोभा माध्यमिक विद्यालयमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
माझठाना स्वास्थ्य चौकीको आयोजना तथा रत्न शोभा माविको व्यवस्थापनमा सम्पन्न भएको कार्यक्रममा माझठाना स्वास्थ्य चौकी कार्यालयका प्रमुख झलक ढुङ्गानाले सर्ने र नसर्ने रोगका साथै , प्राथमिक स्वास्थ्य सेवा, क्षयरोग नियन्त्रण लगाएत विविध पक्षमा सहजीकरण गरेका थिए ।
यसै गरी अविलासा मिश्रले खोप तथा पोषण सम्बन्धिमा सहजीकरण गरेकी थिइन् भने अन्जना कुँवरले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य तथा परिवार नियोजनमा सहजीकरण गरेकी थिइन् भने कार्यक्रम प्रभावकारी भएको सहभागीहरुले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्