लेखनाथ १ साउन । पोखरा महानगरपालिका वडा नं –३१ निवासी धार्मीक तथा सामाजिक ब्यत्तित्व काग्रेस नेता कृष्ण प्रसाद ढुंगानाले नेपाली काग्रेस परित्याग गरेको घोषणा गर्नु भएको छ ।
पाटीभित्रको गुटबन्दी, ईष्र्या,जनतामा देखिएको निरासा र अपमानजनक व्यवहार प्रति फरक धारणा राख्दै स्वतन्त्र नागरीक भएर नै देश र जनताको सेवामा लाग्ने सन्देश अन्तरहृदयबाट आएको भन्दै ढुगानाले विहिवार पत्रकार भेटघाट कार्यक्रमबाट पार्टी परित्याग गरेको घेषणा गर्नु भएको हो ।
वि स २०४६ सालदेखि नेविसंघबाट राजनितिमा लागेको आज ३७ वर्ष सम्म प्रजातान्त्रिक समाजवाद शिद्धान्तमा आवद्ध रहेको कांग्रेसलाई एउटा सामान्य कार्यकर्ताको हौसियतले हरतरहबाट योगदान प्रदान गरेको ढुंगानाले आफ्नो प्रेस विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
विज्ञप्तिमा उहाँले नेपालको स्वतन्त्रता, प्रजातन्त्र र समाजवाद स्थापनामा नेपाली कांग्रेसले खेलेको ऐतिहासिक भूमिकाको उच्च मूल्याङ्कन गर्दै पछिल्लो समय पार्टीभित्र बढ्दो गुटबन्दी, अनुशासनहीनता, अपमानजनक व्यवहार र असहिष्णु राजनीतिक संस्कारप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ ।
“आफूले पार्टीलाई सधैं धर्मको रूपमा मानेँ, तर पछिल्लो समय पार्टी भित्रको विकृति, विसंगति र अपमानजनक व्यवहार सहन नसक्ने अवस्थामा पुगेको बताउनु भयो । हरेक राजनितिक पार्टीले जनतालाई केन्द्रमा राखेर राजनिति गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै ढुंगानाले सोही बमोजिम आफू सम्बद्ध पार्टीलाई सल्लाह , सुझाव तथा दबाबका कार्यक्रमहरु समेत गरेको स्मरण गर्नु भएको छ ।
आफू कुनै नयाँ पार्टीमा नजाने र सामाजिक सेवामा समर्पित रहने जनाउनु भएको छ । उहाँले विगतका सहकर्मीप्रति कृतज्ञता प्रकट गर्दै कसैप्रति व्यक्तिगत द्वेष नरहेको पनि स्पष्ट पार्नु भएको छ । साथै, आफ्नो निर्णयले कसैलाई मन दुखेको खण्डमा क्षमाप्रार्थी रहेको समेत उल्लेख गर्नु भएको छ ।
नेपाली काग्रेसका नेता कृष्णप्रसाद भटराई र सर्वमान्य नेता गणेशमानले त नेपाली काग्रेस छोड्दा केही नहुने पाटीमा म सामान्य ब्यत्तिले पार्टी छोड्दा केही फरक त पर्दैन तर पनि यसले समाजमा केही परिवर्तनको शन्देस भने अवस्य दिन्छ उहाँको भनाई रहेको थियो । पाटीबाट अलग रहँदाको अन्तिम अवस्थामा पनि काग्रेस पाटीमा रहेका निष्ठावान नेता डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मालाई उच्च सम्मान व्यक्त गर्दै अन्तिम समयसम्म सम्झीरहने बताउनु भएको छ ।
म पाटीबाट अलग हुदा अरुले जस्तो गुनासो,गाली एवं अपेक्षा गर्ने पक्षमा छैन , “यो मेरो लागि सहज निर्णय होइन,” विज्ञप्तिमा उहाँले भन्नु भएको छ , “तर आत्मसम्मान, मूल्य र विचारको पक्षमा उभिनु मेरो धर्म हो।”
कांग्रेसभित्र समर्पित, सादा र समाजसेवी छवि बोकेका कार्यकर्ताका रूपमा परिचित ढुगानाको यो निर्णयले पोखराको स्थानीय राजनीतिक देखि समाजीक रुपमा हलचल ल्याउने भने देखिन्छ ।









