‘रुपाकोट रिसोर्टद्धारा सुविधा सम्पन्न बस सेवा सञ्चालन

  • ख-
  • ख+

पोखरा, १० पुस ।
कास्कीको रुपा गाउँपालिका स्थित रुपाकोटमा सञ्चालित ‘रुपाकोट रिसोर्ट’ले बिहीबार आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पोखरा देखि रुपाकोटका लागि सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याएको छ । पर्यटनवर्ष २०२० लाई लक्षित गरी रिसोर्टले बस सेवा सञ्चालनमा ल्याएको हो ।
टोयटा कोस्टरको २६ सिट क्षमताको बसले अब दैनिक सेवा प्रदान गर्नेछ । पोखराको खपौदी स्थित द कल्चर रिसोर्टबाट बिहान छुट्ने बसले पोखराको लेकसाइड, विमानस्थल हुँदै रुपोकाटसम्म दैनिक सेवा प्रदान गर्नेछ । रुपाकोटबाट पनि सोही रुटमा बसले सेवा प्रदान गर्नेछ । द कल्चर रिसोर्टमा एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बस सेवाको बिहीबार उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर जिसीले नयाँनयाँ गन्तव्यको पहिचान र खोजी गर्न सके पर्यटन व्यवसायले फड्को मार्ने धारणा राखे । ‘पर्यटनमैत्री वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्नुपर्छ,’ उनले भने, ‘परम्परावादी ढंगबाट मात्रै व्यवसाय सञ्चालन गरेर हुँदैन ।’
पोखरा र रुपाकोट यात्रालाई सहज बनाउने लक्ष्य सहित बस सेवा सञ्चालन गरिएको रुपाकोट रिसोर्टका सञ्चालक पुष्पराज अधिकारीले जानकारी दिए । ‘आन्तरिक तथा बाह्यपर्यटकलाई लक्षित गरी बस सेवा सुरु गरेकाछौं,’ उनले भने, ‘रुपाकोट रिसोर्टको मात्रै नभइ समग्र रुपा गाउँपालिकामा पर्यटकीय गतिविधि बढाउन हामी सक्रियछौं ।’ स्तरीय पर्यटन विकासका लागि आफू लागिरहेको उनले बताए । टोयटाको कोस्टर बस सुविधा सम्पन्न छ । बसमा आरामदायी यात्रा गर्न सकिने अधिकारीले बताए । यो बसको मूल्य १ करोड ३५ लाख रुपैयाँ पर्छ ।
आन्तरिक तथाबाह्य पर्यटकलाई लक्षित गरी रुपाकोट रिसोर्ट ५ वर्ष अघि सञ्चालनमा आएको हो । ‘रुपाकोट पोखराबाट धेरै टाढा छैन,’अधिकारीले भने, ‘शान्त वातावरणमा सुन्दर दृश्यहरु अवलोकन गर्दै रमाउन चाहने पर्यटकका लागि रुपाकोट रिसोर्ट आकर्षक गन्तव्य बनेको छ ।’ एक दिनका लागि होटल बुकिङ गरेर आएका पर्यटक रुपाकोटमा ४ दिनसम्म बसेको अधिकारीले जानकारी दिए । ‘पर्यटकको बसाइँ लम्ब्याउन पनि रिसोर्टले सहयोगी भूमिका निर्वाह गरेको छ,’उनले भने ।
वार्षिकोत्सवको अवसरमा रिर्सोटमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधनगर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिका भित्र व्यवसाय गर्न ईच्छुक व्यवसायीहरुको व्यवसायीक सुरक्षाको ग्यारेण्टी गाउँपालिकाले लिने वताएका थिए । उनले भुमि बैंकको स्थापना देखी खानेपानी, बाटो, विजुली जस्ता पुर्वाधारहरु को व्यवस्था गर्न गाउँपालिका तयार रहेको वताए ।
२ सय रोपनी जग्गामा सञ्चालित रिसोर्टमा ४२ ओटा कोठा छन् । २५ वटा कोठा निर्माणाधीन रहेको अधिकारीले जानकारी दिए । रिसोर्टमा एक पटकमा करिब एक सय पर्यटकलाई आवासीय सेवाप्रदान गर्न सकिने अधिकारीले बताए ।
रुपाकोटमा जन्मिएका अधिकारीले आफ्नो जन्मथलोमा केही गर्ने सोचकाकारण रिसोर्टमा लगानी गरेको बताउँछन् । पर्यटकीय सम्भावना बोकेको रुपाकोटमा रिसोर्ट निर्माण पछि पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेको अधिकारीको दावी छ ।
आफ्ना छोराहरुले समेत आफुले सोचे भन्दा वढि व्यवसायीक लक्ष्य अगाँलेकोमा हर्षविभोर भएका अधिकारीले यस क्षेत्रको विकासको लागि सक्दो प्रयास गर्ने वताउँदै पर्यटनको क्षेत्रमा छुटृै ईतिहास रच्ने सपना रहेको समेत वताए ।
‘रिसोर्ट स्थलबाट हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ,’उनले भने, ‘साततालको शहर लेखनाथमा रहेको बेगनास र रुपातालसमेत स्पष्टसँग देखिन्छ ।’ रिसोर्ट रोयल ट्रेकको रुटमा पर्छ । ‘पर्यटक आउँदैनन् भनेर रुपाकोट मानिसहरुले छाडेको ठाउँ हो,’ अधिकारीले भने, ‘अहिले रोयल ट्रयाकका कारणपर्यटकको संख्या बढिरहेको छ । पर्यटक बढाउन रिसोर्टले योगदान पु¥याएको छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्