पोखराको महेन्द्र गुफामा प्रभातफेरी एवम् सांस्कृतिक कार्यक्रम

  • ख-
  • ख+

पोखरा, १६पुष ।
नेपाल भ्रमण वषर््ा २०२०को स्वागतार्थ पर्यटकीय क्षेत्र महेन्द्र गुफामा प्रभातफेरी सहित सांस्कृतिक कार्यक्रम गरिएको छ ।
स्थानिय युवाहरुको सक्रियता एवं विन्ध्यवासिनी मा.वि, महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति र गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना तथा वडा कार्यालय पोखरा १६ को समन्वयमा महेन्द्र गुफावाट शुरु भएको प्रभातफेरी संगमचोक मैदान, अमलाविसौनी, चमेरे गुफा, हुदै महेन्द्र गुफामा पुगेर सभामा परिणत भएको थियो ।सभामा वोल्दै पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले पर्यटकीय क्षेत्रमा गरिने कार्यक्रमले यस क्षेत्रको प्रर्वद्घनमा टेवा पुग्ने वताउदै विकास निर्माणमा सवै पक्षको चासो हुनुपर्ने वताए ।
विन्ध्यवासिनी मा.विका अध्यक्ष चन्द्रा थापाले गुफा क्षेत्रको विकास र पर्यटन प्रवद्र्घनमा विद्यालय सधै सगै रहने वताए । गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाका अध्यक्ष गोविन्द वस्नेतले स्थानियको सक्रियतासगँसँगै विभिन्न संघ संस्थाको समन्वयवाट मात्रै यस क्षेत्रको विकास सम्भव हुने वताए । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले नेपाल भ्रमण वर्ष प्रत्येक नेपालीको भएकाले यसलाई सफल वनाउनुपर्नेमा जोड दिए ।
प्रभातफेरीमा व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय, वाटुलेचौर नेवा खल, वाटुलेचौर तमु समाज, शुक्ला साहित्य प्रतिष्ठान, भजन समिति, क्षेत्री समाज, क्षेत्री समाज महिला समिति , दीप युनाइटेड क्लव, शान्तिदीप तमु समाज, मैदान आमा समुह, संरक्षण आमा समुह, प्रगतिशील आमा समुह, जनजागरण आमा समुह, घार्मीखोला आमा समुह,न्यु दीप आमा समुह, विश्वकर्मा आमा समुह,अर्मलाकोट होम स्टे लगायतका टोल विकास संस्थाले झाँकी सहित भेष भुषा प्रर्दशन गरेका थिए ।भ्रमण वर्षको पहिलो दिन महेन्द्र गुफा र चमेरे गुफामा प्रवेश गर्ने पर्यटकलाई विन्ध्यवासिनी मा.विका विद्यार्थीले खादा, ढाकाटोपी, फुल, र अविर लगाएर स्वागत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्