चीनको अर्थ व्यवस्थामा ६.८ प्रतिशतको गिरावट

  • ख-
  • ख+

बैशाख ५, काठमाडौं । कोरोना भाइरसको प्रकोपका कारण चीनको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चीनको अर्थ व्यवस्थामा ६.८ प्रतिशतको गिरावट आएको छ ।  शुक्रबार जारी भएको सरकारी तथ्यांकअनुसार बितेका तीन दशकमा पहिलो पटक अर्थ व्यवस्थामा यति धेरै गिरावट आएको हो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण त्यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको हो । चीनबाट सुरु भएको उक्त प्रकोप अहिले संसारभर फैलिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्