लायन्स क्लब अफ वेगनास तालनगीको अध्यक्षमा शक्ति श्री तिवारी

  • ख-
  • ख+

ऋषिराम रानाभाट ।
लेखनाथ, २० बैशाख ।
लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा शक्ति श्री तिवारी कोइराला निर्वाचित भएकी छिन् । जुम प्राविधिमैत्री कार्यक्रम माध्येमबाट सम्पन्न भएको निर्वाचनको प्रथम उपाध्यक्षमा प्रभा भुजेल, द्धितिय उपाध्यक्षमा विदुर त्रिपाठी, तृतिय उपाध्यक्षमा त्रिलोचन लामिछाने, सचिवमा अरुण चन्द्र सुवेदी, कोषाध्यक्षमा विनोद त्रिपाठी लायन्स वर्ष २०२०÷२१ का लागि सर्वसम्मत रुपमा चयन भएका छन् । यसै गरी मेम्बर सिप चियर पर्सनमा विजय राज कंडेल, एल सि आइ एफ कोर्डिनेटरमा सन्तोष लामिछाने, क्लब सर्भिस चियर पर्सनमा वर्षा मगर, क्लब मार्केटिङ कम्युनिकेसन चियर पर्सनमा हरी प्रसाद तिवारी, सह सचिवमा हरि लामिछाने, सह कोषाध्यक्षमा धु्रव त्रिपाठी चयन भएका छन् ।
यस अघि अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका क्याविनेट सेक्रेटरीले स्थापना काल देखि नै लायन्स क्लब अफ वेगनास तालनगरीले अन्तराष्ट्रिय लायन्स क्लबको मूल्य र मान्यतामा आधारित रहेर सामाजि तथा मानविय सेवाका कार्यहरु निरन्तरता दिंदै स्थापित भइसकेको कुरा चर्चा गर्दै नवनिर्वाति टिमलार्य बधाइ दिंदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

क्लबका संस्थापक अध्यक्ष एवम् डिष्ट्रि कमिटि चियर पर्सन ऋषिराम रानाभाट, डिष्ट्रि कमिटि चियर पर्सन सागर लामिछाने, डिष्ट्रि कमिटि को चियर पर्सन रामचन्द्र रानाभाट लगाएतले शुभकामना दिएका थिए । क्लबका अध्यक्ष केशव राज तिवारीले आफ्नो कार्यकाललाई सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिएका थिए । सचिव त्रिलोचन लामिछाने, कोषाध्यक्ष अरुण चन्द्र सुवेदी लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा नव निर्वाचित अध्यक्ष शक्ति श्री तिवारीले आफ्नो कार्यकालमा सफल पार्न सबैलाई आग्रह गर्दै भावि कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्