काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्नुभएको हो ।
यसअघि राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपालको संविधानको धारा ७६ (१)अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
नवनियुक्त मन्त्रीहरुद्धारा शपथ ग्रहण
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र) को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन्। त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो।
यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम
बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
शिशिर खनाल, परराष्ट्र मन्त्रालय
सोविता गौतम, कानूनमन्त्री
विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
सुधन गुरुङ, गृहमन्त्री
प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्र ी
गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
साथै रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन्।









