अनलाइन पत्रकारीता तालिम सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा ४ बैशाख । पोखरामा अनलाइन पत्रकारिता तालिम सम्पन्न भएको छ । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा बैशाखको २ गते देखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो ।
तालिममा अनलाइन पत्रकारिता, समाचार लेखन, तथ्यजाँच र पत्रकार आचारसंहिता, कन्टेन्ट राइटिङ , डिजिटल जर्नलिजम लगायतका विषयमा प्रशिक्षक दिइएको थियो ।
प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत एवम् प्रशिक्षक रामशरण बोहराले पत्रकार आचारसंहिता, प्रशिक्षक दिपक अधिकारीले तथ्य जाँचका विषयमा , भरत कोइरालाले समाचार लेखनका विषयमा र केशव शरण लामिछानेले डिजिटल जर्नलिजम विषयमा प्रशिक्षण दिएका थिए ।
तालिम समापन कार्यmममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन पत्रकारिताको विकास नेपालमा छोटो अवधिमा महत्व बढ्दै गएको िचर्चा गर्दै उनले नेपालमा पत्रकारिता सम्बन्धी आउने अधिकांश उजुरी अनलाइनका सन्दर्भमा हुने भएकाले यसलाई थप मर्यादित बनाउन पत्रकार सजग हुनुपर्नेमा जोड दिए । कास्कीमा हाल १४९ अनलाइन दर्ता भएको जानकारी दिंदै बोहोराले प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा भुमिका खेल्नुका साथै सञ्चारमाध्यमलाई आचारसंहिता कार्यान्वयनका बारेमा निरन्तर सम्झाउने काम गरिरहेको बताए ।
पत्रकारिताको विकासको लागि र अनलाइनलाई थप मर्यादित बनाउन तालिमहरुले निकै ठुलो भुमिका खेल्ने बोहराको भनाई रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक एवं पत्रकार केशव शरण लामिछानेले पत्रकारहरु पलपल अपडेट हुनुपर्ने भएकाले पुनर्ताजगीको लागि तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरे ।
तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न पत्रकारले निरन्तर प्रयास गर्नुपर्ने लामिछानेले बताउँदै पत्रकार कुनै न कुनै अनलाइनसंग जोडिरहेकाले आफुले पनि थुप्रै कुराहरु तालिमका दौरानमा सिक्न पाएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्दै पत्रकार कमल पौडेल अथकले पत्रकारिताका धेरै तालिमहरु लिएको भएपनि अनलाइन पत्रकारिता तालिम निकै सान्दर्भिक र व्यवहारिक भएको बताए । कुनै पनि संस्थाले एक पटक तालिम दिएपछि सोहि विषयमा फेरि त्यहि किसिमको तालिम नदिने गरेको भन्दै अनलाइन पत्रकारिता तालिम पटक पटक आयोजना गर्न उनले सुझाव राखेका थिए ।
हाँले पत्रकारिता पढेकाले पनि समाचार राम्रोसंग लेख्न नसकेको भन्दै व्यवहारिकता महत्वपुर्ण कुरा रहेको टिप्पणी गर्दै पत्रकारिता पढेर मात्रै नभई व्यवहारिक रुपमा निरन्तर लेख्ने अभ्यास गरिरहनुपर्ने विषय भएको उल्लेख गरे ।
त्यस्तै पत्रकार ज्योती हमालले अनलाइनको तालिम अहिलेको सन्दर्भमा निकै आवश्यक रहेको बताइन् । हमालले पत्रकारितामा महिलासहभागिता बढ्न नसकेको प्रति गुनासो गर्दै आगामी तालिममा महिलाको सहभागिता बढाउन आयोजकलाई सुझाव दिएकी थिइन् ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले अनलाइन पत्रकारिताको विकासको निमित्त तालिम अत्यावश्यक भएकाले यसलाइ निरन्तरता दिइने बताए ।
उनले दर्ता नभइ संचालनमा रहेका अनलाइनलाई दर्ता गर्न लगाउने, दर्ता भएर विधिसम्मत तरिकाले सञ्चालन भएका अनलाइनलाई संघ मातहत ल्याएर अहिले देखिएका समस्याहरु समाधानमा संघ क्रियाशिल रहने बताए ।
पोखराका ४० पत्रकारहरुको सहभागिता रहेको उक्त तालिमको सञ्चालन संघका सचिव प्रल्हाद चन्द्र घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्