मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकका लागि स्थानीय सरकारले प्रवेश शुल्क तोकेको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो ।
गोरखाको चुमनुब्री गाउँपालिकाले अब विदेशी पर्यटकबाट प्रवेश शुल्क बापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने भएको छ ।
स्वदेशी पर्यटकले प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क तिनुपर्ने भएको छ ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो शुल्क तोक्ने निर्णय गरेको स्थानीय सरकारको निर्णयमा उल्लेख छ ।