अर्घौ कृर्षि सहकारी उत्पादन तर्फ अग्रसर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,१६ मंसिर । पोखरा महानगरपालिका वडा नं २६ मा रहेको अर्घौ कृर्षी सहकारी सस्थाले सेयर सदस्यको आय आर्जनमा बृद्धि हुने गरि उत्पादनसिल क्षेत्रमा लगानी वढाउने योजना अगाडी सारेको छ ।

सस्थाको १३ औं बार्षिक साधारण सभाका अवसरमा कृर्षी उत्पादनलाई पहिलो प्रथामिकतामा राखेर किसान केन्द्रित कार्यक्रम मार्फत सेयर सदस्यहरुको आय आर्जनमा प्रत्साहन गर्नका लागि कृर्षी कर्जा र आर्थीक,सामाजिक तथा सांस्कृतिक विकासका लागि चेतनामुलका कार्यक्रम लागु गर्ने भावी योजनालाई अगाडी सारिएको हो ।

यसैविच कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले सहकारीका क्षेत्रमा देखिएका समस्यामा स्वयम सेयर सदस्यले समयमा कर्जाको रकम नतिर्ने र संचालन समितिले निती नियमको पालना नगरी नहेतवस सहकारीको क्षेत्रलाई बन्धामी बनाएको आरोप लगाएका थिए ।

सोही अवसरमा राष्ट्रिय सहकारी बैक तालचोक साखाका प्रतिनिधी रोशन खत्रिवडा,लेखनाथ बचत तथा ऋण सहकारी सस्थाका सचिव लेखनाथ सापकोटा,जनप्रिय बहुउदेस्यी सहकारी सस्थाका अध्यक्ष रविन्द्र मोहन अधिकारी,मार्गदर्शन कृर्षि सहकारी सस्थाका सह सचिव सुजन अधिकारी र सेयर सदस्यहरुको तर्फबाट सरस्वती पन्थी लगाएतले सहकारीहरुले ठाउ विशेष र आफनो क्षेत्रमा के को सम्भावना छ सोही अनुसार उत्पादनाका क्षेत्रमा जोडिनु पर्ने स्ुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष पार्वती सिग्लेद र कार्यक्रम संचालन सचिव हरि बहादुर लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्