लेखनाथ महोत्सवले मौलीक संस्कृतिको जर्गेना गरेको छ–संयोजक बुद्धिमाया मगर

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, २८ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी तिव्र भएसँगै यस क्षेत्रका विभिन्न आमा÷महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले पनि प्रर्दशन गर्ने झाँकी र्यालीको तयारी गरिरहेका छन ।
हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती स्थानियको एकता कति मजबुद छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक एवं वडा नं.–२७ की वडा सदस्य बुद्धिमाया मगर बताउँछिन ।
‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले स्थानियको एकतालाई प्रतिबिम्बीत गर्छ भने अर्को कुरा विभिन्न जातजाती भाषा भाषीलाई एकैथलोमा उतारेर महोत्सवले मौलीक संस्कार र संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक मगरले भनिन ।
लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा देख्न, हेर्न नपाईने उनको दावी छ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको पहिचान बनेको संयोजक बुद्धिमाया मगर वताउँछिन ।
महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । महिला लक्षीत कार्यक्रममध्येको रत्यौलीलाई आमा÷महिला समुहहरुको सुझाव अनुसार परिमार्जित र परिष्कृत समेत गरिएको रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उप–समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिईन ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले वताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्