नागरीक परोपकारद्धारा मृगौला बिरामीलाई सहयोग

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ४ पुष । नागरीक परोपकार समन्वय संस्थाले मृगौला बिरामी पदम बहादुर दर्जीलाई सहयोग गरेको छ । मृगौला बिरामी दर्जीलाई खाद्यान्य सामग्री नून, तेल, दाल, आलु , चामल , लगाउने कपडा बुधबार हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारीले आपतमा परेका असाय, असक्त, गरीव व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको बताए । थोरै भए पनि मृगौला बिरामी दर्जीलाई सहयोग गर्दा खुशी लागेको बताउँदै आपतमा परेका बेलामा मानविय सेवामा सहयोग गर्नु मानविय धर्म हुने अध्यक्ष तिवारीले बताए ।

हुनेसँग लिने र नहुनेलाई सहयोग गर्ने संस्थाको उद्धेश्य रहेको संस्थाका कोषाध्यक्ष इन्द्रविलास जमरकट्टेल (सोमनाथ) ले बताए । संस्थाका सचिव गिता जमरकट्टेल, कार्यसमितिका सदस्य बसन्त ढकालको उपस्थिति रहेको कार्यक्रमा पदम बहादुर दर्जीले यस्तो आपत परेको बेलामा सहयोग गर्नु भएकोमा धन्यवाद दिंदै दुवै मृगौला फेल भएकाले प्रत्येक हप्तामा डालसिस गर्नुपर्ने , औषधी किन्न समस्या परेकाले अन्य संघ संस्था , व्यक्ति विशेषलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्