प्रविधियुक्त प्रहरी सेवा आवस्यकः प्रहरी उपरिक्षक थापा

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा , २१ माघ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापाले अवको प्रहरी सेवा प्रविधियुक्त हुने बताएका छन् ।
कास्कीको पोखरा २६ मा रहेको ईलाका प्रहरी कार्यालय डाडाँकोनाकमा निर्माण भएको पक्की तीन कोठे भवनको आईतबार उद्घाटन गर्दै प्रहरी उपरिक्षक थापाले अवको शान्ति सुरक्षा पहिलाको जस्तो ढर्रा तरिकाले नभई सूचना र प्रविधीको भरपुर्ण रुपमा प्रयोग गरि अपराध जन्य घटनालाई न्युनिकरण गर्न सकिने बताएका हुन् ।
प्रहरी जनताको मालिक नभई सेवक भएकाले आम जनतामा प्रहरी हाम्रो सेवामा खटिएको हो भन्ने भावना आम जनमानसमा नपारेसम्म समाजमा शान्ति सुव्यवस्था ल्याउन नसकिने तर्क राख्दै अव प्रहरी र जनताको सहकार्यबाट अपराधीले प्रयोग गर्ने विभिन्न तैर तरिकालाई गुगोल,सिसि टिभी,फोन डिटेल लगाएतका प्रविधिहरुको प्रयोग गरि जनमुखी काम गर्नु पर्नेमा जोड दिएका हुन् ।
पोखरा महानगरपालिका वडा नं २६ को करिव २३ लाखको लागतमा निमाण भएको प्रशासनिक भवनबाट सेवा प्रवाह हुदाँ पहिलो प्रहरीलाई सेवा दिन सजिलो र दोस्रो सेवाग्राहीले छिटो र छरितो तरिकाले सेवा पाउने भएका हुन् ।
सोही कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले ब्यवस्थीत भौतीक संरचनाबाट प्रदान हुने सेवा प्रभावकारी हुने भएकाले जनता र प्रहरी विचको सहकार्यलाई जिवन्त दिदै स्थानिय स्तरमा छिटो र छरितो तरिकाले सेवा प्रवाह गर्नका लागि भवन उपयोगी हुने विश्वास दिलाएका थिए ।
भवन निर्माण समितिका अध्यक्ष चन्द्र वहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले शान्ति सुरक्षा विना उद्योग धन्दा संचालनमा असुविधा हुने भएकाले यस क्षेत्रमा हुन सक्ने अपराध जन्य घटनालाई न्यूनिकरण गर्नका लागि संघ सहकार्य गर्न तयार रहेको बताएका थिए ।
यसैगरि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडाअध्यक्ष रामचन्द्र अधिकारी,डाडाकोनाक ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल मल्ल,सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समितिका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाई,भवन निर्माण समितिका सचिव ईश्वरी प्रसाद अधिकारी लगाएतले राम्रो ठाउबाट सुन्दर काम गर्न सकिने विश्वास ब्यत्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्