मौलीक संस्कृतिको जर्गेना तथा उत्थानका लागी खुल्ला भजन चुट्का प्रतियोगिता गरिने

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, ११ फागुन । मौलीक संस्कृतिको जर्गेना तथा उत्थानका लागी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा खुल्ला भजन चुट्का प्रतियोगिता गरिने भएको छ ।

स्थानिय लोक सांस्कृतिक संरक्षण समिति र उज्जवल आमा समुहले महाशिवरात्रीको पुर्वसन्ध्यामा आगामी फागुन १९ गते प्रतियोगिताको आयोजना गरेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सीनाले मौलीक संस्कृति र परम्पराको संरक्षण गर्दै युवा पुस्तालाई पनि त्यसमा सहभागी गराउनको लागी प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु २५ हजार, द्धित्तीय हुने समुहलाई नगद रु १५ हजार, तृतीय हुने समुहलाई नगद रु १० हजार र सान्त्वना हुने समुहलाई नगद रु ५ हजार र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष तिमिल्सीनाले सो अवसरमा जानकारी दिए ।

यस्तै उज्जवल आमा समुहकी अध्यक्ष सरस्वती गौतमले प्रतियोगिताबाट ५ लाख ५५ हजार आम्दानी हुने ३ लाख ७० हजार खर्च भई १ लाख ८५ हजार वचत हुने अनुमान गरिएको वताईन । वचत रकमलाई ज्येष्ठ नागरीक दिवा सेवा कार्यक्रम एवं विभिन्न संस्कृतिको संरक्षण तथा सम्र्वद्धनमा खर्च गरिने पनि उनले जानकारी दिईन ।

१५ टिम भन्दा वढिको सहभागीता रहने अपेक्षा गरिएको उक्त प्रतियोगिताको निर्णायकहरुमा लोकदोहोरी कलाकारहरु प्रजापती पराजुली, जीवन दाहाल, तारापती सुवेदी र शिवहरी ढुंगाना रहने आयोजकले जानकारी दिएको छ ।

लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उज्जवल आमा समुहकी अध्यक्ष सरस्वती गौतमले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सचिव तारा शर्मा र धन्यवाद ज्ञापन उपाध्यक्ष शारदादेवी बरालले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्