पूर्णबहादुरको रुपमा प्रस्तुत बिजय बराल यस चलचित्रमा धेरैचोटि रोएका छन । तर तीनको आँखा न रसाउछ न तीनले आँखाबाट आँशु नै खसाल्छन् । एकथोपा आँशु खसाल्न कञ्जुसाई गर्ने बरालको यो अभिनयभरि मेरो आँशु खसेन । बरु अन्त्यतिर प्रकाश सपुतको देब्रे ॲाखाबाट धरक्क ॲाशु झर्दा मेरा ॲाखा रसाएका थिए ।
दर्सकको आँशु झार्न सफल भएर मात्र चलचित्रलाई सफल मान्न सकिन्न । आँशु झार्न सक्नु सवल पक्ष होला तर पूर्णबहादुरको सारङ्गीका केहि दुर्वल पक्षहरु पनि छन् । यसले एउटा छुट्टै विरह ध्वनीत गरेको छ ।
मुख्यत यस चलचित्रले आमा/महिला/मातृभावप्रति ठुलो घात गरेको प्रतित हुन्छ । गन्धर्व समुदायमा चल्दै आएको संस्कारमा परिवर्तन ल्याउन आमाको भूमिकामा प्रस्तुत बाटुली (अञ्जना बराइली) के पोइल नै जान पर्थ्यो र ?
बाउ पूर्णबहादुर चाहन्थ्यो- छोरा कमलले पनि आफूले जस्तै सारङ्गी रेटेको पैसाले जीवन बाँचोस । जडाउरीले आङ् ढाकोस । मागी ल्याएको अन्नले पेट भरोस । पुर्खाको रितलाई निरन्तरता दियोस ।
तर आमा बाटुली चाहिँ प्रगतिशिल विचारकी हुन्छे । छोरा स्वाभिमानी बनोस । स्कुल जावोस र पढोस । सहर पसोस र उच्च शिक्षा ग्रहण गरोस । रुढिबादि परम्पराबाट आफूलाई मुक्त पारोस । आधुनिक जिवन बाँचोस भन्नेमा जोड दिन्छे । समग्रमा बाटुली मातृसत्ता स्थापना गर्न खोज्छे । यहाँसम्म आउदा नायीकालाई एउटी विद्रोही आमाको भूमिकामा उब्बाएर समग्र नारीप्रति न्याए दिलाईएको छ । आमाबाको भूमिकाको सन्दर्भमा यतिबेला सम्म चलचित्रले सन्तुलित गति लिएर अघि बढिरहेको देखिन्छ ।
तर पछि पूर्णबहादुर र बाटुलीको बिचार बाझिन्छ । जब बाटुलीलाई पोइल गएको प्रस्तुत गरिन्छ तब चलचित्रको गरिमा एकाएक गिरेको भान हुन्छ । बाटुली अर्कै एकजनाको प्रेममा फस्छे र सहर पस्छे । छोराको सुन्दर भविष्यकोलागि उसले यस्तो निर्णय लिएकी हो । पितृसत्ताले उसलाई यस्तो निर्णय लिन बाध्य पारिन्छ । नायीकालाई एक्कासि यसरी प्रस्तुत गरिदा पितृसत्तात्मवाद हावि भएर आएको देखिन्छ । चलचित्र हेर्दैगर्दा कति सचेत महिलालाई यो त सिधै मातृद्रोह हो भन्ने लाग्यो होला ।
छोराको उज्ज्वल भविष्यकोलागि बाटुली सहर पसेर गिट्टि कुट्न सक्थी । अरुको घरमा लुगा धुन सक्थी । होटेलमा भाँडा माझ्न सक्थि । मकै पोल्न सक्थी । गुट्का, साग, चटपटे, पानिपुरि बेच्न सक्थी । आमाले यसरी संघर्ष गरेर छोरालाई पढाएको दृष्य चलचित्रमा देखाउन सकिन्थ्यो । या त पूर्णबहादुर र बाटुली दुबैको सल्लाहमा घर बेचेर या सारङ्गी बेचेर दुबैजना सहर पस्न सक्थे । अनि छोराले उच्च शिक्षा पुरा गरेको भए बल्ल सन्ततीको भविष्यमा दुवै अभिभावकद्वारा सन्तुलित जिम्मेवारि निभाईएको देखिन्थ्यो । बाआमा दुवैको संघर्षले छोरा डक्डर बनेको देखाइएको भए बल्ल न्याएपूर्ण हुन्थ्यो । नर र नारी रथका दुइ पॅाग्रा हुन् भन्ने हाम्रो सामाजीक मान्यता छ । तर यस चलचित्रमा नारीलाई निचभावमा प्रस्तुत गरिएको प्रष्ट देखिन्छ । चलचित्रमा महिला पाँग्रालाई जबरजस्ति दुर्घटनामा पारेर पुरुष पाँग्रालाई मात्रै जिवनसंघर्षको बाटोमा गुड्याउन खोजिएको छ । यहाँ प्रश्न उठन सक्छ- परिवर्तनको लागि के नारीले आफ्नो अस्मिता बेचेकै हुनपर्छ र ?
हलमा चलचित्र हेर्दै गर्दा निर्देशक महिला भैदिएका भए पुर्णबहारदुरको सारङ्गीले कस्तो मोड लिन्थ्यो भनि म गम खान्छु । आमाजस्तो पुज्य ब्यक्तित्वमा आँच आउने खालको भूमिका दिइएको छ अञ्जना बराइलीलाई । यदि म बराइलीको स्थानमा हुन्थें भने, नाइ म यस्तो भूमिका निभाउन सक्दिन, बरु यस्तो गरौं, भनेर निर्देशकलाई सल्लाह सुझाव दिन्थें ।
बाटुली छोरालाई च्यापेर परपुरुषसंग भाग्छे । सहर जाने बाटो लाग्दै गर्दा छोरा अचानक आमाको हातबाट फुत्किएर घर फर्किन्छ र किरिया बसेको बाउको काखमा लिपिक्कै टाँसिन्छ । यो दृष्य देख्दा एक युवती अर्थात छोरी दर्शकको मनमा कस्तो विचार जन्मिन्छ होला ? सचेत युवती/महिला/आमाहरुमा यसले अवस्य नै नकारात्मक मानसिकता सिर्जना गरेको हुनपर्छ भन्छु म ।
यसरि मातृद्रोहको चित्रण गरिनु यो चलचित्रको प्रमुख दोष हो भने यसका अन्य दुर्वल पक्षहरु पनि छन् ।
जसरी नारीप्रति निकृष्ट भावनाले यो चलचित्र अघि वढेको छ त्यसैगरि हाम्रो समाजको एउटा वर्ग/जातलाई पनि नराम्रो देखाउने प्रयास गरिएको छ । त्यो कतिबेला भने, पूर्णबहादुर सारङ्गी भिरेर एउटा सतसंगमा पुग्छन् । सतसंग बिटुलो पारेको गुनाशो गर्दै पुजारी उठेर पूर्णबहादुरलाई हप्काउछन् । त्यहि पुजारीले नै पूर्णबहादुरलाई, निस्केर जा यहाँबाट, भन्दै धकेलेको दृष्य देखाइन सकिन्थ्यो । तर टाउको रगताम्य हुनेगरि पूर्णबहादुरलाई गलत्याउन आदिवासी अनुहारका युवाहरु प्रयोग गरिन्छ । त्यहि गम्भिर चोटको कारणले गर्दा पूर्णबहादुरले पछि आफ्नो स्वर गुमाउनु पर्ने हुन्छ । हाम्रो समाजमा जातभात तथा छुवाछुत प्रथा एउटा वर्ग/जातद्वारा लादिएको हो । तर त्यसको दण्ड संजाए दिने कार्य अर्को वर्ग/जातबाट कार्यानयन गराइन्छ ।
मूख्यत यी दुई दोष प्रष्टरुपमा देखिदै गर्दा त्यस्तै अन्य त्रुटिहरु पनि यस चलचित्रमा नभएका होइनन् ।
पूर्णबहादुर सारङ्गी बजाउनमा निपूर्ण देखिदैनन् । तारमाथि उनका औंलाहरु मज्जाले खेलेका हुन्नन । पूर्णबहादुरले छोरालाई सारङ्गी सिकाउदा- गजोले जेठी, माइली, साइली र कान्छी तारलाई यसरी रेटन पर्छ । यी तारहरुलाई मुर्राहरुले यसरि तन्काउन पर्छ– भनेको भए वास्तविकता झल्किन्थ्यो ।
पटकथामा पंचायदेखि गणतन्त्र कालभित्रको घटना हो भनेर राजनितिको मसला छरिएको छ । पिछाडिएका असिक्षित गन्धर्वको जीवनलाई चित्रण गर्दा राजनिति नछुवाइदिएको भए पनि चलचित्र राम्रै बन्थ्यो ।
बाटुली दुइज्यानकी भएको दृष्य गज्जवले प्रस्तुत गरिएको छ । नौ महिनापछि बच्चा जन्मिन्छ । बाउले बच्चालाई हातमा लिदाको दृष्य चाहिँ कपडाले बेटारेको काठको मुडो जस्तो देखिन्छ । कम्तिमा बच्चाको अनुहार देखाइएको भए वास्तविकजस्तो लाग्थ्यो ।
रैंया विशेष महिलाले लगाउने चॅादिको काँडे बाला हो । गीतको बोलले नै भनेको छ- रैयाँ चाँदीको… । तर बाटुलीले हातमा प्लास्टिकको चुरा देखाउदै गाँउछिन । रैँया नै पहिरेर दोहरी गाएको भए सान्दर्भिक हुनेथियो ।
६० को दशकमा जीईरहेकको पूर्णबहादुरले चिठ्ठि पनि पढन नजान्ने ! साधारण पैसाको हिशाबकिताव पनि राख्न नसक्ने ! पूर्णबहादुरलाई अति अशिक्षति देखाइनु समय सान्दर्भिक लागेन मलाई । दमको रोगले मृतवरण गरेको पूर्णबहादुरको बा सम्मको पिढिलाई अनपढ देखाइएको भए बल्ल सुहाउथ्यो कि ।
रुनुलाई ससक्त मानिने नेपाली मानसिकता भएपनि दर्सक त्यसै रुदैनन् । रुवाउनलाई धेरै मेहनत गरिएको छ । रोएर मात्रै यो चलचित्र सफल भएको भने होइन । केहि सबल पक्षले गर्दा यसलाई दर्सकले माया गरेका हुन ।
छायाङ्कन उच्चस्तरको छ । बिषेशगरेर रातको अँध्यारो होस या कोठाभित्रको अँध्यारो दुवै बेलाको दृष्यमा दर्शक स्वयंम समाहित भएको अनुभूती हुन्छ । यति धेरै दृष्यहरु पृष्टभूमीलाई धमिलो पार्दै मूल पात्रहरुको संवाद र अभिनयमा केन्द्रित गरेर प्रस्तुत गरिएको छ । यसले दर्शकलाई नाटक हेरेको जस्तो एक किसिमको रोमाञ्चिकता पैदा गरिदिन्छ । परिवेशमा चरा, कुकुर, स्याल, किरा-फट्यान्ग्राका आवाज; खोलाको सुस्याई र हावाको बहकाईले सजिवता थपिदिन्छ ।
त्यसैगरि कथा वस्तुले मागेको उचित पात्रहरुको चयन भएको छ । नायक र नायिका लगाएत सबै पात्रलाई सुहाएको छ । यस्तो कथाबस्तुमा धिरज मगर, दयाहाङ्ग राई, दिलिप रायमाझी, राजेश हमाललाई अभिनय गराएको भए सुहाउने थिएन । संवादमा रैथानेपना छ । भेषभुसामा मौलिकता झल्किन्छ ।
अन्त्यमा, जानेर गरिएका गल्तिहरु अवस्य हैनन् । अन्जानमा भएका यस्ता त्रुटिहरुलाई निर्देशकले अर्को चलचित्रमा सुधार्ने मौका छ । पूर्णबहादुरको सारङ्गी भनेर शिर्षकनै सरल र आकर्सित लाग्छ । सोहि अनुसारको कथाबस्तु र अभिनयले गर्दा अव यो खाले चलचित्र बन्ने प्रचलन बस्ला जस्तो देख्छु म । अव नेपालमा हेर्दै गर्नु- कर्णलालको कल, अमरबहादुरको आरन, हर्कबहादुरको हलो, मनकुमारको मादल, मुलबिरको मुरली, गजेन्द्रमानको गीटार, शंङ्करदेवको शंख, र कमलप्रसादको कलम जस्ता नामधारी चलचित्र निकट भविष्यमा लस्कर लागेर आउनेछन् ।