बारामा गाडी ट्रकसँग ठोक्कियो, सशस्त्रका एसपीको मृत्यु, सीडीओ घाइते

  • ख-
  • ख+

माघ १२,  निजगढ, जनकपुर

बारामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ । उनको  घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई गम्भीर घाइते भएका छन् ।

कर्मचारी मिलन केन्द्रको रात्रिभोज सकाएर कलैया फर्कने क्रममा जितपुर सिमरा उपमाहानगरपालिका र निजगढ नगरपालिकाको विचमा प्रजिअको गाडी दुर्घटना भएको हो।

पसाहा खोलाको बाटोमा रोकेर राखेको नम्बर नखुलेको ट्र्याक्टरको टेलरमा बा १ झ १६३३ नम्वरको प्रमुख जिल्ला अधिकारीको गाडी ठोक्किएको जनाएको छ। गाडीमा सवार बाराका प्रमुख जिल्ला अधिकारी भट्टराई गम्भीर घाइते भएका छन्। उनको उपचारको लागि वीरगंज नारायणी अस्पतालमा ल्याइएको छ।

गाडीमा सवार सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको छ भने प्रहरी जवान शम्भु गुरुङ र चालक जगत राउत सामान्य घााइते भएका छन्। प्रजिअभट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्