डिपीएल क्रिकेटको ट्रफी सार्वजनिक

  • ख-
  • ख+

 कैलाली , २५ माघ । धनगढी प्रिमियर लिग डिपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेस्रो संस्करणको ट्रफी सार्वजनिक भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी शनिबारदेखि हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल भने प्रभावित हुने देखिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाले गर्दा मैदानमा हिमाम्ये भएकाले विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स बीचको उद्घाटन खेल प्रभावित हुने देखिएको हो । प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । फागुन ११ गतेसम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्