माझठाना स्वास्थ्य चौकीद्धारा सामुदायिक स्वस्थ्य प्रबद्र्धन कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

माझठाना स्वास्थ्य चौकीद्धारा सामुदायिक स्वस्थ्य प्रबद्र्धन कार्यक्रम सम्पन्न
ऋषिराम रानाभाट
माझठाना, १३ बैशाख ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना हेल्थ पोष्टले ४ दिने सामुदायिक स्वस्थ्य प्रबद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । बैशाख ७ गते स्याङ्खुदीमा , बैशाख ९ गते रैकरमा , बैशाख ११ गते डाँडा गाउँमा , बैशाख १२ गते हेल्थ पोष्टमा सम्पन्न भएको हो ।
पोखरा २८ माझठाना हेल्थ पोष्टमा समापन कार्यक्रममा वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियाली सहित वडाका पदाधिकाीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा वडा अध्यक्ष दियालीले तालिममा सिकेका कुरा व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिए । सहभागी सन्तु लामिछाने र नवकान्त तिमिल्सिनाले सबै क्षेत्रमा यस्ता सचेतना कार्यक्रमहरु समय समयमा गर्नुपर्नेमा जोड दिंदै तालिम अतन्त्यै फलदायि भएको र तालिममा सिकेका कुराहरु व्यवहार परिवर्तनमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
४ दिने माझठाना स्वास्थ्य चौकी कार्यालयका प्रमुख झलक ढुङ्गाना, अविलासा मिश्र, अन्जना कुँवर लगाएतले सहजीकरण गरेका थिए भने माझठाना स्वास्थ्य चौकी कार्यालयका प्रमुख झलक ढुङ्गानाले कार्यक्रम सञ्चालन गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्