रुपामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १२ जेठ ।
पोखरा महानगरपालिका वडा नं.८ बगालेटोलमा रहेको लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिले निशुल्क वृहत स्वास्थ्य सिविर सम्पन्न गरेको छ । वृहत निशुल्क स्वास्थ्य सिविर रुपा गाउँपालिका वडा नं.५ रामादीमा रहेको विरेन्द्र आधारभुत विद्यालयमासम्पन्न भएको हो ।
डा. सुवास सापकोटा, डा.विष्णु नेपाली, डा.एसोधा पौडेल, आरती अधिकारले सिविरमा पेट , छाती, मुटु, सुगर, थाइराइड, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा लगाएतका रोगहरुको परिक्षण गरी निशुल्क औषधी वितरण गरेका थिए ।
स्टाफ नर्स एवम् ल्याव प्राविधिकहरुको उपस्थिति रहेको सिविरमा भिडियो एक्स रे, इसिजी समेत गरिएको थियो । सिविरमा तिन सय पचास भन्दा बढीले स्वास्थ्य परीक्षण गरी लाभान्वित भएका स्थानिय वासिन्दाहरुले आफ्नो घर आँगनमा निशुल्क स्वास्थ्य परिक्षण गरी निशुल्क ओषधी प्राप्त गरेकोमा खुशी व्यक्त गरेको हस्पिटलका प्रबन्धक निदेर्शक विदुर त्रिपाठीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्