गण्डकी प्रदेशमा सोमबार देखि पानी मुल्य घटने

  • ख-
  • ख+

पोखरा, १९ जेठ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेष्ठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीले जानकारी दिए ।अधिकारीले पहिले जारको मुल्य बजारमा ७० रुपैया भएकोमा अव देखि ६० रुपैया र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताए  ।

विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुदा मुल्य घटाइएको संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । नेपाल खानेपानी सस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजो आज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ । नेपालको पानी गुणस्तरीय भएकोले विदेशबाट पानी आयत गर्न आबश्यक नरहेकोे नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जनाएको छ । हिमालको पानी नेपालबाट विदेश निर्यात गर्न सरकारपनि लागि रहेको सन्दर्भम स्वदेशकै पानी प्रयोगमा गर्नुपर्नेमा संघले जोड दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्