रत्न शोभामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

ऋषिराम रानाभाट
माझठाना, २४ जेठ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठानामा रहेको रत्न शाभा माध्यमिक विद्यालयमा सरसफाइ तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । हरेक शुक्रबार आयोजना गरिने अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रफुष्टन गराउने कार्यक्रम अन्तर्गत शुक्रबार सरसफाइ एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

“फुल रोपौं वातावरण जोगाऔं“ भन्ने नाराका साथ विद्यार्थीहरु एवम् शिक्षक शिक्षिकाहरु समेत सहभागिता रहेको कार्यक्रममा विभिन्न थरीका १५० भन्दा बढी फलफुलका विरुवाहरु रोपिएको थियो ।
यसै गरी सोही विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षकहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादु गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यालयमा शैक्षिक वातावरण सृजना गरी गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाइ निर्देशन दिए । यस्तै गरी शिक्षक अभिभावक संघका अध्यक्ष इमान बहादुर गुरङले विद्यालयका सरोकारवालाहरुको समन्वयबाट नै आसा गरेको नतिजा हासिल गर्न सकिने बताए ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका सदस्य लाल मोहन तिवारीले यस शैक्षिक सत्रमा केही मात्रामा सुधार हुँदै गएको स्वीकार्दै आगामी दिनमा विद्यार्थी, अभिभावक, शिक्षक र व्यवस्थापन समिति विचको अन्तरक्रियाले विद्यालयमा भएका समस्याहरुलाइ समाधान गरी अगाढि बढ्न बल पुग्ने बताए । विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीले विद्यायमा भएका विविध शैक्षिक कृयाकलापका वारेमा अवगत गराएका थिए भने शिक्षक शिक्षिकाहरुले गुणस्तरीय शिक्षा कायम गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्