वडालाई लागुपदार्थ दुव्र्यसनमुक्त वनाउने योजना ः वडा अध्यक्ष गुरङ

  • ख-
  • ख+

वडालाई लागुपदार्थ दुव्र्यसनमुक्त वनाउने योजना ः वडा अध्यक्ष गुरङ
लेखनाथ, २८ जेठ ।
पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङले वडालाई लागुपदार्थ दुव्र्यसन मुक्त वनाउने योजना रहेको वताए ।
लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा को आयोजनामा लागुपदार्थ दुव्र्यसनी सम्बन्धी प्रशिक्षण कार्यक्रममा अध्यक्ष गुरुङले यस्तो कुरा बताएका हुन् । यस्ता प्रशिक्षणहरुले यो अभियानलाइ सघाउ पुर्याउने उनले विश्वास व्यक्त गरे ।
पोखरा–२७ स्थित लक्ष्मी आर्दश मावि का विद्यार्थिहरुका लागि लक्षित गरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा महिला वडा सदस्य बुद्धिमाया रिजाल, विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद तिवारी, समुदाय विद्यालय प्रहरी साझेदारी कार्यक्रमका संयोजक राममणि पौडेल, शिक्षकहरु शिवमणी भण्डारी, सञ्जय अधिकारी, सन्तोष सुवेदी, रेखा लम्साल, लक्ष्मी आचार्य पौडेल, गणेश पौडेल, लेखनाथ सामुदायीक सेवा केन्द्रका कार्यसमिति सदस्यहरु एवं प्रहरी कर्मचारी लगायतको उपस्थीति रहेको थियो ।
प्रशिक्षणमा विद्यालयका विद्याथि एवं शिक्षकहरु गरी २ सय जनालाई प्रशिक्षण दिईएको थियो । विद्यालयमा अध्ययनरत १४ वर्ष देखी माथिका विद्यार्थिहरुलाई लक्षित गरी सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा ईलाका प्रहरी कार्यालय हंसपुर मुकाम डाँडाको नाकका प्रमुख प्रहरी उपरीक्षक मोहन ब. खाँणले लागुपदार्थका असर, हुन सक्ने कानुनी कारवाही र दुव्यसनीबाट वँच्न अपनाउनुपर्ने सचेतताको विषयमा प्रशिक्षण दिएका थिए । लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा समपन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भटृराईले स्वागत तथा कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सचिव त्रिलोचन लामिछानेले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्