शिक्षा क्षेत्रमा भएका परिवर्तित निति नियम सम्वन्धि अन्तरक्रिया कार्यक्रम

  • ख-
  • ख+

लेखनाथ, जेठ ३०

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा शिक्षा क्षेत्रमा भएका परिवर्तित निती नियम सम्वन्धमा जानकारी दिने उद्देश्यले विहिवार संघको सभाहल भण्डारढिकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घनारायण पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिले ३० वर्ष देखि निजी क्षेत्रले शिक्षा क्षेत्रमा गर्दै आएको लगानीको सुनिश्चिता हुने गरि ऐन आउनेमा सवै निजी विद्यालयहरुलाई विश्वस्त हुन आग्रह गरे ।
पोखरा महानगरपालिकाका योजना अधिकृत विश्वराज आचार्यले महानगरपालिकाको शिक्षा नियमावली सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्याप्सन, एन प्याप्सन, युनिप्ससँग सम्वन्धीत संस्थागत विद्यालयहरुको तर्फबाट प्याप्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा गरिएको लगानी शुनिश्चित हुनेगरि ऐन ल्याउनुपर्नेमा जोड दिदैं निजि विद्यालयमा भएका समस्याहरु अवगत गराएका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका शिक्षा उपसचिव दामोदर सुवेदी सहित लेखनाथ स्थित प्याप्सन, एन प्याप्सन, युनिप्स सँग सम्वन्धीत संस्थागत विद्यालयहरु तथा मण्टेश्वरीहरुका संचालक, प्राचार्य तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रम खनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्राङगत बराल, लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पूर्व अध्यक्ष बाबुराम गिरी लगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानी तथा योगदानको बारे चर्चा गर्दै निजी क्षेत्रको लागनी सुनिश्चिताको लागि जोड दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्