लागु औष सम्बन्धी प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

लागु औष सम्बन्धी प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न
लेखनाथ, १० असार
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र र इलाका प्रहरी कार्यालय डाडाकोनाकको संयुक्त आयोजनामा विहान डायमन्ड मा.विमा कक्षा १२ का विद्यार्थीहरुलाई लागु औष सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रममा विद्यालयका प्राचार्य एम वहादुर रोकाले लेखनाथ लामुदायिक केन्द्रले गरेका यस्ता कार्यक्रमबाट समाजमा बढ्दै गएको विकृति र विसंगति कम हुँदै जाने र विद्यार्थीहरु सचेत रहने कुरामा जोड दिएका थिए । उक्त सकार्यक्रममा कक्षा १२ का करीब २०० जना विद्यार्थीलाई इलाका प्रहरी कार्यालयका प्र.ना.नि बाबुराम पाण्डेले पशिक्षण दिएका थिए । लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य लेखनाथ सामुदायिक सेवा केन्द्रका आजिवन सदस्य हरी प्रसाद लामिछानेले गरेका थिए भने कार्यक्रम संचालन सस्थाका सचिव त्रिलोच लामिछानेले गरेका थिए ।

यसै गरी साविक लेखनाथ नगरभित्र विजयपुर देखी कोत्रे सम्मका औषधी व्यवसायलाई राखेर सामुदायिक सेवा केन्द्रको सभाहलमा परिचयात्मक तथा लागु औषध सम्बन्धि अन्र्तक्रिया कार्यक्रम गरीएको छ । उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्र ना. उ. मोहन वहादुर खाँणले व्यवसायिलाई पर्ने समस्या र समाधानको बारेमा बोल्दै दादा गिरी र धम्किबाट नडराई निर्धक रुपमा आफ्नो व्यवसायि गर्न आग्रह गर्दै कानुन भन्दा बाहिर गएर औषधि बेच्ने व्यवसायिलाई छुट नदिने कुरामा पनि जोड दिएका थिए । उक्त कार्यक्रममा औषधी व्यवसायि संघ गण्डकीका अध्यक्ष राम वहादुर के.सी. महासचिव कृष्ण प्रसाद पाण्डे लगाएत करीव ५० जनाको सहभागिले आ–आफ्नो परिचय सहित भनाई राखेका थिए । सामुदायि सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको कार्यक्रम स्वागत निवर्तमान अध्यक्ष ज्ञानेन्द्र बजगाईले गरेका थिए भने कार्यक्रमको संचालन सचिव त्रिलोचन लामिछाने गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्