तीन दिवसीय लेखा व्यवस्थापन तालिम सम्पन्न

  • ख-
  • ख+

तीन दिवसीय लेखा व्यवस्थापन तालिम सम्पन्न
ऋषिराम रानाभाट
लेखनाथ, १५ अषाढ ।
पोखरा महानगरपालिका वडा नं.२९ भण्ढारढिकमा रहेको जनप्रकाश माविमा तीन दिवसीय लेखा व्यवस्थापन तालिम आइतबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो । प्रत्येक सामुदायिक विद्यालयमा लेखालाइ चुस्तदुस्त राखी पारदर्शी रुपमा राख्नको लागि बिमल गौतम, पोखरा महानगरपालिका लेखा अधिकृत चन्द्रकान्त पौडेलले सहजीकरण गरैका थिए । कार्यक्रममा प्रशासन, परीक्षा र लेखालाइ सहजता ल्याउनका लागि सफ्टवयेर प्रणालीका वारेमा प्रशिक्षक गौतमले सहजीकरण गरेका थिए । त्यस्तै गरी पोखरा महानगरपालिका लेखा अधिकृत चन्द्रकान्त पौडेलले इच्छा शक्ति भए जुन सुकै काम पनि छिटो र छरितो तरिकाले गर्न सकिने भन्दै अव प्रत्येक सामुदायिक विद्यालयहरुमा आर्थीकलाइ कसरी पारदर्शीता बनाउन सकिन्छ, कसरी आर्थिक कारोवारलाइ सहजता ल्याउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

२० वटा विद्यालयका लेखापाल तथा प्रधानाध्यापक एवम् प्रतिनिधको सहभागिता रहेको तालिमको समापन कार्यक्रम जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । यसै गरी समापन कार्यक्रममा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदी, लक्ष्मी माविका प्रधानाध्यापक जगन नाथ अधिकारी, सृजना वहिरा माविका प्रधानाध्यापक अनिता सिग्देल, सरस्वती टिका माविका प्रधानाध्यापक नन्दलाल काफ्ले लगाएतले लेखा व्यवस्थापन तालिम अतिनै फलदायि भएको बताउँदै सामुदायिक विद्यालयमा लेखा व्यवस्थापन गर्नका लागि सफ्टवयरको व्यवस्था गर्न आग्रह गरेका थिए भने पोखरा महानगरपालिका शिक्षा महाशाखका अधिकृत सोमनाथ भण्ढारीले कार्यक्रमको संयोजन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्