नेपालको हरेक परिवर्तनमा तमु जातीको उल्लेख्य भुमिका ः मुख्यमन्त्री गुरुङ

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

पोखरा, १६पुष ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल एकिकरणदेखी हालसम्म मुलुकका हरेक परिवर्तनमा गुरुङ समुदायको उल्लेख्य भुमिका रहेको बताएका छन् । गुरुङहरुको महान पर्व ल्होसारको अवसरमा लेखनाथमा आयोजना गरिएको सामुहिक तमु ल्होसार मुल समारोहलाई सम्बोधन गर्दै गुरुङ समुदायको योगदानको राज्यले सम्मान गर्नुपर्ने वताएका छन ।

ल्होसारलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने आफुहरुले माग गरेकोमा गण्डकी प्रदेशमा मात्रै बिदा दिईएकोमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले गुरुङ समुदायको पहिचानको मुद्धा र अधिकारको मागलाई राज्यले सुन्नुपर्ने वताए । उनले ल्होसार मनाउने विषयमा अब प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन व्यक्त गरे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म बहादुर तमु, तमु ह््युला छोंजधी गुरुङ राष्ट्रिय परिषदका गण्डकीका प्रमुख दल बहादुर तमु लगायतले बोलेका थिए । मुल समारोह आयोजक समितिका अध्यक्ष मोहन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुम बहादुर तमुले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव आम बहादुर गुरुङले गरेका थिए ।

गुरुङ समुदायको मौलिक संस्कृति झल्किने विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत सो अवसरमा प्रस्तुत गरिएको थियो भने छेलो प्रतियोगितामा निरज गुरुङ प्रथम र राजेन्द्र गुरुङ द्धितीय भएका थिए । यसै गरी झाँकी प्रर्दशनीतर्फ नौलो सम्झना तमु समाज प्रथम र शान्तिरुपा तमु समाज द्धितीय हुन सफल भएका थिए । त्यसअघि पोखरा–२७ तालचोकबाट शुरु भएको झाँकि सहीतको र्याली भण्डारढिक खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्