अनलाइन आइ सि टी तालिम उपयोगी ः गोविन्द नेपाली

  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, ३१ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय सदस्य, गण्डकी प्रदेशका सचिव एवम् गण्डकी पंदेश मूख्य मन्त्रिका राजनितिक सल्लाहकार गेविन्द बहादुर नेपालीले अनलाईन आइसिटी तालिम उपायोगी हुने विश्वास व्यक्त गरे । माध्यमिक विद्यालय शिक्षक युनियन गण्डकी प्रदेशको आयोजना एवम् प्रविधीमैत्री शिक्षक समाज नेपालको प्राविधिक व्यवस्थापनमा सन्चालन भइरहेको अनलाइन आइ सि टी तालिमको शानिवारको कार्यक्रममा उनले उक्त कुरा व्यक्त गरे । गत जेठ २६ गते देखी सुरु भएको प्रविधिमैत्री भर्चुल माध्यमबाट सञ्चालन भइरहेको आइ सि टी तालिम बन्दाबन्दीको समयमा पनि माध्यमिक विद्यालय शिक्षक युनियन गण्डकी प्रदेशले अयोजना गरेकोमा शुभकामना व्यक्त गर्दै हिस्टुनको मुद्धाको समाधाानका लागि आफ्नो तर्फबाट माध्यमिक द्धितिय श्रेणीमा नै व्यवस्थापन हुने गरी शिक्षा ऐनमा व्यवस्था गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशले गर्ने आगामी दिनका कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गरे ।
यसै गरी शिक्षा विकास तथा समन्वय ईकाई श्यांजाका प्रमुख गुरु प्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय ईकाई गोरखाका प्रमुख खेमराज पौडेलले लगाएतले यस्ता कार्यक्रमको आयोजना गरेकोमा हिस्टुन गण्डकी प्रदेशलाई धन्यवाद दिंदै समन्वय ईकाईबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अनलाइन आइ सि टी तालिममा प्राविधिक समिति कास्कीका सदस्य वृहस्पति लम्साल र सकुन्तला सोतीले प्रशिक्षण दिएका थिए भने प्रविधिमैत्री शिक्षक समाजका केन्द्रिय सदस्य एवम् हिस्टुन वाग्लुङका अध्यक्ष डिल्लि प्रसाद उपाध्यायले सहजीकरण गरेका थिए ।
हिस्टुन गण्डकी प्रदेशका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक विद्यालय शिक्षक युनियन केन्द्रिय अध्यक्ष मण्डकलका सदस्य वालकृष्ण कंडेल, पुष्प प्रसाद न्यौपाने लगाएत हिस्टुनका केन्द्रिय पदाधिकारीहरु, गाउँले मिडिया अनलाइनका प्रमुख सम्पादक ऋषिराम रानाभाटको उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष तिवारीले देश अहिले बन्दाबन्दीको अवस्थामा रहेको वेलामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीहरुलाई विभिन्न प्रविधिहरुको प्रयोगबाट अध्यापन गराउन सहजताका लागि अनलाई आ इ सि टी तालिमको आयोजना गरिएको बताए । तालिमको समापन आइतबार हुने भएकाले सबै सरोकारवला शिक्षकहरुलाई सहभागिता लागि आग्रह गर्दै यस लगतै हिस्टुन गण्ण्की पं्रदेशले दोस्रो चरणको कार्यक्रम पनि छिटैनै सञ्चालन गर्ने जानकारी दिए । हिस्टुन गण्डकी प्रदेशका उपाध्यक्ष हिरा कंडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गण्डकी प्रदेशका सह सचिव मदन सुवेदीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्