लेखनाथ / माघ २६ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को चुनाव प्रचारप्रसार तीव्र पारिएको छ। उम्मेदवार तिलक रानाभाटको प्रचारप्रसारको लागि सूचना तथा सञ्चार समिति गठन गरी प्रचारको कामलाई तीव्र बनाइएको छ। संयोजक नवीन सिग्देलको संयोजकत्वमा सन्दिप पौडेल सहसंयोजक सदस्यहरूमा श्रीराम कडेल, सुदीप राज ढुङ्गाना, महेन्द्र ढुङ्गाना, परशुराम शर्मा, रक्षाबहादुर गुरुङ, कविराज खनाल लगायत सदस्य मनोनित भएका छन्।

बैठकमा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले कास्की एकका उम्मेदवार तिलक रानाभाटलाई विजेता बनाउन सबैले आआफ्नो क्षेत्रबाट उचित तरिकाले प्रचारमा जुट्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, क्षेत्रीय सचिव सरोज केसी, जिल्ला सहसचिव नवीन सिग्देल, प्रदेश ख का सभापति कृष्ण कोइराला युवा नेता मिलनप्रसाद तिवारी लगायतले यो चुनावी महाअभियानमा सबैले आफ्नो ठाउँबाट विजेता बनाउनको लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।