सर्वेश्वर सहकारीको रत्तदानमा ३२ युनिट रगत संकलन

  • ख-
  • ख+

लेखनाथ,मंसिर १० ।
पोखरा २७ आवास नगरमा रहेको सर्वेश्वर सहकारी सस्थाको बार्षीक कार्यक्रम अनुसार राखेको खुल्ला रत्तदानमा ३२ युनिट रगत संकलन भएको छ ।

सहकारीले सामाजीक क्षेत्रमा देखाएको अग्रसरतालाई पुष्टी गदै राखेको रक्तदानका पहिलो रक्तदाता सेयर सदस्य कृष्ण बहादुर बल्छौडीलाई बल्ड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य सरस्वती नेपालीले सहकारीले नाफाका लागी मात्र नभई समाजमा सकरात्मक सन्देस दिने खालका कार्यक्रम राखेर अगाडी वढ्न पर्ने धारणा राखेकी थिईन ।

सस्थाका अध्यक्ष चक्रवहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वच्छ मानिसले तीन ÷तीन महिनामा रत्तदान गर्दा राम्रो हुने सुझाव दिएका थिए भने सस्थाका सल्लाहकार चच्द्रकान्त पौडेलले सहकारीले स्थापनाको छोटो समयमा उदाहरणीय काम गरेर स्थानियको मन जित्न सफल भएको विचार राखेका थिए ।

सस्थाकी सचिव अमृता वास्तोलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डम्वर प्रसाद पौडेलले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्