लेखनाथ,७ फागुन । आगामी फागनु २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिए सँगै राजनितिक दलबका उम्मेदवारहरु भने घरदैलो भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् ।
यसै विच लेखनाथ जेसिजले कास्कीको आयोजनामा कास्की क्षेत्र नंं१ का जनता र राजनितिक दलका प्रत्यक्ष तर्फका उम्मेदवारहरु बिच प्रत्यक्षा सम्वाद कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
निर्वाचनको माहोल ताती रहेको अवस्थामा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता जनतामाझ प्रस्तुत गरेका थिए भने उनीहरुले आफुले चुनाव जित्ने दावा गरेको देखिन्थो ।
पोखरा ३० को शिशुवाचोकमा राखिएको कार्यक्रममा नेताहरुले आफ्ना प्रतिवद्धता ब्यक्त गर्ने र आम नागरिकहरूबाट आएका प्रश्न हरूको जवाफ दिने प्रत्यक्ष संबादमा ढुक्क र निर्धक्कका साथ चुनाव जितेर काम गर्न तयार रहेको बाचा समेत गरेको देखिन्थो ।
कास्की जिल्ला क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ उमेदवारी दिएका १७ उमेदवारहरु मध्य १४ जनाको सहभागीता रहेको कार्यक्रममा विशेष गरि यस क्षेत्रको विकासका लागि नयाँ नयाँ योजनालाई अगाडी सारेको देखिन्यो भने संसदमा पुगेर जनचाहना अनुरुपको निती नियम वनाउन आफनो प्रयास रहने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा सहभागी उमेदवारहरुले यस क्षेत्रमा रहेका ताल, प्राकृतिक स्रोत र साधनको प्रयोग, शिक्षा, स्वास्थ्य, पर्यटन र कृर्षि उत्पादनलाई जोडेर रोजगार सृजना गर्ने योजनालाई अगाडी सारेका थिए । साथै सहभागी उमेदवारले औधिगीकरण, जलविद्युत, भष्टचार नियन्त्रण, धार्मिक एकताका वारेमा पनि आ–आफना धारणा राखेका थिए ।
लेखनाथ जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक निवर्तमान अध्यक्ष कृष्ण तिवारी, पुर्व अध्यक्ष प्रकाश राईभाट र रोशन अधिकारीले सहजिकरण गरेका थिए ।