लेखनाथ ९ फागुन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटलाई पोखरा हानगरपालिका वडा नम्बर १२ का स्थानीयहरूले अबको कांग्रेस र देशकै भविष्य भन्दै तिलक रानाभाटले जित्नुपर्ने र वडावासीले जिताउनुपर्ने दायित्व रहेको बताएका छन्।
वडाबासीहरूले नेपाली कांग्रेसका युवा उम्मेदवार सन्तोष बास्तोलाले जितेको ठाउँमा तिलक रानाभाट पनि यस वडाबाट बहुमतका साथ विजयी गराएर पठाउने प्रतिबद्धता समेत जनाएका छन्।
सोही कार्यक्रम तथा घरदैलो कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले अब कांग्रेसको नेतृत्वमै सरकार बन्ने र देश विकासमा अग्रगामी छलाङ मार्ने हुँदा सबैले ढुक्क भएर रुख चिन्हमा मतदान गरेर हाम्रा उम्मेदवारहरुलाई विजयी लागि अनुरोध गरेका छन्।
सोही कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले अबको निकास र विकास नेपाली कांग्रेसबाट मात्रै सम्भव भएको उद्घोष गरे । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति एवं चुनाव परिचालन समितिका संयोजक राजेन्द्रमणि लामिछाने, प्रदेश सभापति कृष्ण कोइराला, महाधिवेशन प्रतिनिधि डम्बरजन गुरुङ, स्थानीय नेताहरू मायादेवी तज्या, शान्तबहादुर थापा, डुमप्रसाद गुरुङ ढोलप्रसाद गुरुङ लगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन वडा सचिव शिवप्रसाद कोरेलाले गरेको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले बताए।
चुनाव प्रचार कार्यक्रम अन्तर्गत शनिबार पोखरा महानगरपालिका वडा नम्बर १२ का पुरानो धारा, शीतलदेवी, बरालडाँडा समाज, मियापाटन, चापापानी, फुलबारी, माटेपानी, हस्पिटल चोक, ढिकाले थर, माछापोखरी चोक, कुणहर लगायतका स्थानहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो।