लेखनाथ १० फागुन
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा २९ भण्ढारढिक स्थित लेखनाथ रङ्गशाला पूरा प्रतिबद्धता व्यक्त गर्नु भएको छ । चुनाव प्रचारप्रसार अभियान अन्तर्गत पोखरा २९ का विभिन्न टोल तथा आमा समूहहरूसँगको भेटघाट तथा सुझाव संकलन कार्यक्रममा उहाँले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
पोखरा २९ अन्तर्गत विभिन्न युवा क्लब आमा समूह तथा स्थानीय मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उम्मेदवार तिलक रानाभाटले रुख चिन्हमा मतदान गरी आफूलाई बिजय गराउन आग्रह गर्नू भयो ।
उनले अत्यन्तै सम्भावना बोकेको लेखनाथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन आफूले चुनाव जिते पश्चात पहिलो प्रस्ताव राष्ट्रिय स्तरको रङ्गशालाको पुरा प्याराफिट सहितको रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।
पोखरा महानगरपालिका वडा नम्बर २९ घरेलु तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत पुलचोक पटनेरी नवदुर्गामा समूह, आमा मिलन समूह , नौबिसे टोल विकास संस्था , नयाँ बस्ती भण्डारी लगायतका स्थानहरूमा भेटघाट तथा सुझाव संकलन सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीले सचिएको र सुधारिएको नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने र विकास र समृद्धिको ढोका खोल्ने उद्घोष गर्नु भयो । सोही कार्यक्रममा महाधिवेशन प्रतिनिधि सुरजंग राणा, नेपाल तरुण दलका केन्द्रीय सदस्य सागर गुरुङ, क्षेत्रीय सदस्य सनबहादुर गुरुङ, स्थानीय नेताहरू चन्द्रावती पौडेल, किरण भण्डारी, बिन्दु भण्डारी, दिलकुमारी गुरुङ, कमल बहादुर गुरुङ, मनसुन गुरुङ, टिका गुरुङ, दयराज भण्डारी, विद्यार्थी नेता रसिसहरी भण्डारी, राजीव भण्डारी, राजन भण्डारी लगायतले उम्मेदवार रानाभाटलाई विजयको भव्य सफलताको शुभकामना व्यक्त गर्नु भएको थिए।
कार्यक्रम नेपाली कांग्रेस पोखरा २९ का कार्यभाग सभापति चिनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको क्षेत्रीय सचिव ओम प्रकाश गुरुङले जानकारी दिनु भयो ।