लेखनाथ, १० फागुन ।
लेखनाथ उद्योग वाणिज्य संघमा व्यवसायीहरु एवम् उद्यमी हुन चाहनेहरुका लागि उद्यम क्लिनिक सञ्चालन गरिएको छ ।
पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रको आयोजना र संघको समन्वयमा आइतबार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष जानुका पराजुली अधिकारीले उद्यमी व्यवसायीहरुका आफ्ना व्यवसाय सञ्चालनका क्रममा आइपर्ने विभिन्न समस्याहरुको निराकरणको लागि कार्यक्रमको आयोजना गरिएको बताउँदै आफना समस्याहरुलाई निर्धक्कका साथ राख्न आग्रह गरेकी थिईन ।
अध्यक्ष पराजुलीले उद्यम क्लिनिक सञ्चालनले निजी क्षेत्रका समस्या समाधानमा सहयोग पु¥याउने र समग्र व्यावसायिक वातावरण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिईन ।
उक्त अवसरमा पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले उद्यममा देखिने अवरोध वा ‘रोग’ पहिचान गरी समाधान गर्दै स्वस्थ बनाउने उद्देश्यका साथ क्लिनिकको सञ्चालन गरिएको वताएका थिए ।
प्रमुख अधिकारीले व्यवसाय प्रवद्र्धन केन्द्रले यसअघि पनि सोही प्रकृतिको काम गर्दै आए पनि निजी क्षेत्रसँग अझ बढी सामिप्यता बढाउनको लागि यो क्लिनिक सुरु गरिएको जानकारी दिए ।
सो अभियानमा सहकार्य गरेको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले व्यवसाय प्रवद्र्धन केन्द्रले प्रवाह गर्ने सेवाबारे जानकारी गराएका थिए ।















