लेखनाथ ११ फागुन ।
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १० का मतदाताहरूसँग भेटघाट सम्पन्न गरेका छन्। उसले मतदाताहरूसँग भेटघाट तथा सुझाव संकलन गर्दै अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व गगन थापाले गर्ने बताएका छन्। नेपालमा विकास र निकास गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस रहेको रानाभाट बताउँछन्। उनले पोखरा १० का सडक तथा फुटट्र्याक निर्माणमा आफूले विशेष प्राथमिकताका साथ योजना बढाउने बताएका छन्।
उनले पोखरा महानगरपालिका वडा नम्बर १० भित्रका रामबजार, जनप्रिय टोल, मिलन टोल, बुद्धचोक, रक्षामार्ग, राममार्ग, लगायतका स्थानहरूमा मतदाताहरूसँग भेटघाट गर्दै आफ्ना एजेन्डासमेत उम्मेदवारले राखेका छन्।
भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, वडा सभापति दिपक बहादुर थापा, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य विजय घिमिरे, तरुण दलका नेता अमित गुरुङ, वडा सदस्य चुदीमाया नेपाली नरदेवी गुरुङ, स्थानीय नेताहरू परमेश्वर कार्की विष्णुप्रसाद शर्मा क्षेत्रीय सदस्य सम्मर श्रेष्ठ, नेपाल महिला सङ्घ कास्की उपसभापति अनिता तिमिल्सिना, क्षेत्रीय प्रतिनिधि प्रकाश कार्की, नेविसंघ नेता आविष्कार रानामगर लगायतले बोलेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले बताएका छन्।