लेखनाथ १४ फागुन
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले आफ्नो पोखरा महानगरपालिका वडा नम्बर १४ को मतदाता भेटघाट कार्यक्रममा पोखरा अन्तराष्ट्रिय विमानस्थलको, अन्तराष्ट्रिय उडान आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल सेतो हात्ती नभई पोखराको पर्यटनको भविष्य भएको बताएका छन् । पोखरा पर्यटनको राजधानी घोषणा भइसके पश्चात नियमित अन्तराष्ट्रिय उडान अबको प्रमुख एजेन्डा रहेर संसदमार्फत त्यसको निकास दिने काम आफूले गर्ने बताएका हुन्।
पोखरा महानगरपालिका वडा नम्बर १४ को घरदैलो कार्यक्रम अन्तर्गत उनले पोखराको काजीपोखरी, हवेली मार्ग, देउराली टोल, मान्द्रे ढुङ्गा, राधाकृष्ण टोल, मनकामना टोल, कैलास टोल, खसी बजार लगायतका स्थानहरूमा मतदाताहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर १४ का सभापति दिवस कुँवरको अध्यक्षतामा भएको घरदैलो कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्की, महाधिवेशन प्रतिनिधि संज्ञा पोखरेल, गण्डकी प्रदेश कोषाध्यक्ष सरिता कार्की, महासमिति सदस्य इन्द्रमाया बानिया, महिला नेत्री दिपा थापा, शैलेश बानिया, पूर्व सभापति ललित बानिया, बामदेव मिश्र, उपेन्द्र न्यौपाने, लक्ष्मण भण्डारी, टिकाराम भण्डारी, किरण अधिकारी, प्रदेश प्रतिनिधि दयासागर सुवेदी वडा सदस्य दिलमाया गुरुङ लगायतले नेपाली कांग्रेस को चुनाव चिन्ह रुखमा मत दिनको लागि आग्रह गरेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिए।












