राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।

 बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।

पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन्। उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे। एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्