आजदेखि सबैका लागि पोखराको रत्न मन्दिर खुला

गाउँले मिडिया
  • ख-
  • ख+

१५ जेठ, पोखरा । पोखरा आउँदा पूर्वराजाहरु बस्ने गरेको पोखराको रत्न मन्दिर आजदेखि सबैका लागि खुला गरिएको छ ।

गणतन्त्र दिवसक अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका हुन् ।
तत्कालीन राजा महेन्द्रले राजपरिवारका सदस्य पोखरा आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि।सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा रहेकोछ ।
गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् ।
सोमबार बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुला रहने ट्रष्टले जनाएको छ । आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । मुख्य राजदरबारमा फोटो खिच्न बन्देज लगाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्