कुर्लुङ खोला खानेपानी पचभैयाको २५ औं साधारण सभा सम्पन्न

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, २१ पुष । पोखरा महानगरपालिका वडा नं.३१ पचभैया स्थित कुर्लुङखोला खानेपानी आयोजना तथा सरसफाई उपभोक्त समितिको २५ औं वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कंडेलले मानव जिवनमा खानेपानी, स्वास्थ्य र शिक्षा त्रिनेत्र भएको बताउँै यी क्षेत्रमा आपसी समन्वय गरी विकास गर्नुपर्नेमा जोड दिए । खानेपानीको समस्या बेला बेलामा देखिने गरेको बताउँदै वडा अध्यक्ष कंडेलले प्राविधिक समस्यालाई गहिरिएर समाधान गर्नुपर्ने आफूले महशुष गरेको बताए । पहिचान भएका खानेपानीका स्रोतको संरक्षण गर्दै मुहानमा देखिएका समस्या विशेष गरी रुपा गाउँपालिका प्रमुख लगाइत अन्य सरोकारवालाहरु सँग बसेर छलफल गरी समस्याको समाधान गर्न आफूले पहल गर्ने बताए । एक फरक प्रसंगमा वडा अध्यक्ष कडेलले विकास निर्माणका कार्यका बारेमा चर्चा गर्दै आगामी २ वर्ष भित्रमा सक्ने गरी भञ्ज्याङसम्मको बाटो पिच गर्नका लागि सर्भे समेत भएको जानकारी गराए ।


यसै गरी संस्थाका विर्तमान अध्यक्ष एवम् पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिननाथ ढकालले निरन्तर रुपमा आइरहेको पानी अवरुद्ध हुँदा जनतामा पानीको समस्या परेको बताउँदै सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । पृथ्वी नारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख एवम् संस्थाका सल्लाहकार शंकर नाथ पौडेलले पोखरा ३१ पचभैया सामाजिक , धार्मिक, आर्थिक , पर्यटन क्षेत्रको विकासका लागि प्रचुर सम्भावना बोकेको स्थल भएको बताउँदै यस क्षेत्रको समग्र विकासका लागि युवा वर्गले नेतृत्व गर्नुपर्ने बेला आएको बताए । रुपा गाउँपालिकाको पश्चिम भागबाट आउने पानी लिफ्टिङ गरी पानी निरन्तर रुपमा सञ्चालन गर्न सरोकारवालाहरु सँग समन्वय गर्नुपर्नेमा जोड दिए ।
धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष धु्रवनाथ अधिकारी, संस्थाका सल्लाहकार एवम् अम्मर सिद्ध नमूना मा.वि.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइराला, संस्थाका सल्लाहकार राममणि अधिकारी, पचभैया कोट देउरालीका अध्यक्ष पुरुषत्तम अधिकारी, ब्रह्माण समाज पोखरा ३१ का अध्यक्ष द्रोण अधिकारी, शिव गोरखनाथ विद्याश्रम मन्दिरका महासचिव दिपक अधिकारी, लाँकुरी युवा क्लबका अध्यक्ष एवम् लेखनाथ होटर तथा रेष्टुरेण्ट एशोसियसनका महासचिव सुरेश लामिछाने, मंगल धर्मचक्र बौद्ध गुम्बाका अध्यक्ष बुद्धि बुद्धि बहादुर गुरुङ, दिदी बहिनी आमा समूहका कोषाध्यक्ष अल्का पौडेल लगायतले यस क्षेत्रको समग्र विकासका लागि सबै बासिन्दा एक जुट हुनुपर्नेमा जोड दिंदै आगामी दिनमा खानेपानीका स्रोतको संरक्षण गर्दै क्षेत्र विस्तार गरी खानेपानी विरण गर्नुपर्नेमा जोड दिएका थिए ।


संस्थाका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिव विचत्रनाथ अधिकारीद्धारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष सानु कुमारी विकद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट सर्वसम्मतले पारित गरिएको थियो । संस्थाका उपाध्यक्ष दयासागर अधिकारीेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक हरि घिमिरेले गरेका थिए ।
गत पुष ८ गते देखि क्षेत्रगत रुपमा साधारण सभा सम्पन्न गरी शनिबार मुल समितिको साधारण सभा सम्पन्न भएको हो । संस्थाबाट ४सय ४३ धारा जडान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्