नेपाल टेलिकमको छुट नै छुट योजना : के के मा छ छुट ?

  • ख-
  • ख+

काठमाडौं : नेपाल टेलिकमले विशेष छुटसहित भ्वाइस तथा डाटा प्याक ल्याएको छ । टेलिकमका अनुसार भ्वाइस प्याक अन्तर्गत थोरैमा १० रुपैयाँको एक दिने भ्वाइस प्याक किन्दा ११ मिनेट कुरा गर्न पाइनेछ ।

सँगै सबैभन्दा धेरैमा ५५० रुपैयाँमा ६० दिनका लागि १२ सय मिनेट कल उपलब्ध गराइएको छ । यसैगरी टेलिकमले अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, फेसबुक-इन्स्टाग्राम डाटा प्याकलगायत अफर पनि सार्वजनिक गरेको छ ।

डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्न ग्राहकले स्ट्रिक १४१५ ह्यास डायल गर्नुपर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्